उद्योगपति डा. रुप ज्योतिलाई सम्मानपूर्वक रिहा गर्न महासंघको आग्रह

<p>काठमाडौं । उद्योगपति डा. रुप ज्योतिलाई ठगी प्रकरणमा गिरफ्तार गरी अदालतमा पेश गरिएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. रुप ज्योतीलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट बिना सूचना पक्राउ गरी हिरासतमा लिएको घटनामा गलत भएको महासंघको ठहर [&hellip;]</p>


काठमाडौं । उद्योगपति डा. रुप ज्योतिलाई ठगी प्रकरणमा गिरफ्तार गरी अदालतमा पेश गरिएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. रुप ज्योतीलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट बिना सूचना पक्राउ गरी हिरासतमा लिएको घटनामा गलत भएको महासंघको ठहर छ ।

दुई पक्ष बीचको व्यवहारिक कारोबारमा भएको असहमति र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत भएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।

उद्योग व्यवसायको विकासमा महत्वपूर्ण योगदान पुर्याइ कयौँलाई रोजगारी दिदै आएको उद्योग प्रतिष्ठानका प्रमुख व्यक्तिलाई अपराधीलाई जस्तो हतारहतारमा पक्राउ गर्नु र पूर्पक्षका लागि थुनामा राखी कारबाही अगाडी बढाउन लगाउनु उचित नभएको तर्फ महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । यसबाट मुलुकको उद्यम व्यवसायको क्षेत्रमा पर्नसक्ने नकारात्मक असरलाई न्यून गर्न डा. ज्योतिलाई सम्मानपूर्वक व्यवहार गरी रिहा गर्न आग्रह महासंघले गरेको छ ।

Share News