माछापुच्छ्रे बैंकको चितवनदेखि कैलालीसम्म ११ नयाँ शाखा विस्तार

<p>काठमाडौँ । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा कार्यालय बिस्तार गरेको हो । उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानगरपालिका तथा नगरपालिकाका जनप्रतिनिधि एवम् माछापुच्छ्रे [&hellip;]</p>


काठमाडौँ । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।

बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा कार्यालय बिस्तार गरेको हो ।

उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानगरपालिका तथा नगरपालिकाका जनप्रतिनिधि एवम् माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ ।

Share News