
काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ६० करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ६० लाख रुपैयाँ बढी हो । बैंकले गत बर्षको यही समयमा ५५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो असोज मसान्तमा २०.८५ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको बैंकले चालु वर्षको सोही अवधिमा २३.३३ रुपैयाँ रहेको छ ।
बैंकले १ खर्ब २३ अर्ब ५४ करोड निक्षेप संकलन गरि १ खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ३ अर्ब ७८ करोड र कर्जा परिचालन ६६ करोड रुपैयाँले बढेको छ ।
बैंकको निष्कृय कर्जा घटेर ३.९३ प्रतिशतबाट ३.७० प्रतिशतमा झरेको छ । बैंकको पूँजी कोष अनुपात २०.७७ प्रतिशत, कर्जा निक्षेप अनुपात ८१.७३ प्रतिशत रहेको छ । त्यस्तै, आधार दर घटेर १०.१८ प्रतिशत र स्प्रेड दर ५.२६ प्रतिशत रहेको छ ।