आरबिबि इम्पावरमेन्ट एकेडेमीमा ३० जना युवालाई ३ दिने तालिम

<p>काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आरबिबि इम्पावरमेन्ट एकेडेमीमा प्रदेश नम्बर ३ का अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुका लागि ३ दिने तालिम प्रदान शुरु भएको छ । शुक्रबार कार्यक्रमको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने [&hellip;]</p>


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आरबिबि इम्पावरमेन्ट एकेडेमीमा प्रदेश नम्बर ३ का अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुका लागि ३ दिने तालिम प्रदान शुरु भएको छ ।

शुक्रबार कार्यक्रमको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको एकेडेमीबाट युवावर्गले बैंकिङ्ग क्षेत्रमा भएका नयाँ नयाँ उपलब्धिलाई सिक्ने बुझ्ने अवसर प्राप्त गर्ने बताए । उनले वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुले यसबाट भरपुर लाभ लिन सक्ने बताए ।

पहिलो चरण अन्तर्गत एकेडेमीले २०७६ कात्तिक १ गते बाट १५ गते सम्म निःशुल्क अनलाइन आवेदन प्रदेश नं.३ का नागरिकता भएका स्नातक र स्नाकोत्तर डिग्री भएका २८ वर्ष मुनिका युवाहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको थियो । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिममा बैंकिङ्ग, टेक्निकल तथा परीक्षा तयारी सम्बन्धि तालिम दरबारमार्गमा प्रदान गरिनेछ ।

तीन दिनको तालिम पश्चात बैंकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिनेछ । यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि संचालन गर्ने जनाएको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागत मन्तब्य तथा जब डाइनामिक्सका निर्देशक प्रयास राजउपाध्यायले मन्तब्य ब्यक्त गरेका थिए भने सुस्मिता बैद्यले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु कमलेश ठाकुर, दीपकराज न्यौपाने, मार्स एडभरटाइजिङ्गका सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Share News