शाओमीको पाँचौं आधिकारिक सर्भिस सेन्टर शुरु

<p>काठमाडौँ । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज नारायणघाटमा आधिकारिक सर्भिस सेन्टर शुरु गरेको छ । नारायणघाटमा शाओमीले पाँचौं सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरु संचालनमा ल्याएको हो । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगन्ज र इटहरीमा छन् । ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न [&hellip;]</p>


काठमाडौँ । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज नारायणघाटमा आधिकारिक सर्भिस सेन्टर शुरु गरेको छ । नारायणघाटमा शाओमीले पाँचौं सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरु संचालनमा ल्याएको हो । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगन्ज र इटहरीमा छन् ।

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ । कम्पनीले नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने-‘शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं ।’

Share News