नेपाल र यूरोपियन यूनियनबीच आर्थिक-व्यापारिक सम्बन्ध विस्तारमा जोड

<p>काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी तथा बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापाबीच मंगलबार चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ । सो कार्यक्रममा राजदूत थापाले आफूले ती मुलुक र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन उच्च मनोबलका साथ काम गर्दै आएकोले चेम्बरको सुझाबलाई आत्मसाथ गर्ने प्रतिबद्धता व्यक्त गरे [&hellip;]</p>


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी तथा बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापाबीच मंगलबार चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।

सो कार्यक्रममा राजदूत थापाले आफूले ती मुलुक र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन उच्च मनोबलका साथ काम गर्दै आएकोले चेम्बरको सुझाबलाई आत्मसाथ गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसंग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । गर्नुभयो ।

सो कार्यक्रममा चेम्बरका अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, उत्पादनमूलक उद्योग लगायतका क्षेत्रमा बेल्जियम, नेदरल्याण्ड तथा लक्जेम्बर्गबाट लगानी एवम् प्रविधि भित्र्याउन कुटनीतिक पहल हुनु पर्नेमा जोड दिए ।

Share News