अष्ट्रेलिया र स्पेनका लागि नेपाल राजदूतलाई परिसंघको सुझाव, ‘आर्थिक साझेदारी विस्तार र पर्यटन प्रवद्र्धनमा जोड दिनू’

<p>काठमाडौँ । नेपाल उद्योग परिसंघले अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनकालागि सहकार्य बढाउनु पर्नेमा जोड दिएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाल र स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पासँग कार्यभार सम्हाल्न जानु अघि मंगलबार अन्तक्र्रिया गर्दै परिसंघले सफल कार्यकालको शुभकामना समेत दिएको हो । अन्तक्र्रियामा संस्थाका अध्यक्ष सतिशकुमार मोरले परिसंघले [&hellip;]</p>


काठमाडौँ । नेपाल उद्योग परिसंघले अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनकालागि सहकार्य बढाउनु पर्नेमा जोड दिएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाल र स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पासँग कार्यभार सम्हाल्न जानु अघि मंगलबार अन्तक्र्रिया गर्दै परिसंघले सफल कार्यकालको शुभकामना समेत दिएको हो ।

अन्तक्र्रियामा संस्थाका अध्यक्ष सतिशकुमार मोरले परिसंघले आर्थिक कुटनीतिलाई उच्चम हत्वदिदैं आएको र देशको आर्थिक विकासको मेरुदण्ड मानिने लगानी तथा पर्यटन प्रवद्र्धनका लागि आर्थिक कुटनीतिमा अव्बल रहन राजदूतहरुलाई सुझाव दिए ।

नेपाललाई अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा स्थापित गर्ने तथा लगानीका प्रमुख क्षेत्रहरु पूर्वाधार, जलविद्युत, पर्यटन, आधुनिक कृषितथा सञ्चार प्रविधिलगायतकामा लगानी तथा साझेदारी बढाउन सम्बन्धित देशको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध अझ विस्तार गर्न राजदुतावासहरुको थप सकृयता आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहालले व्यवसायिक क्षेत्र तथा संघसंस्थाहरु बीच संस्थागत सम्बन्ध विस्तार, लगानीकर्ताहरुको भ्रमण आदान–प्रदान तथा प्राविधिक शिक्षामा सहकार्य बढाएर दक्ष जनशक्ति निर्माणमा भूमिका खेल्ने कुरालाई प्राथमिकतामा राखेको जानकारी गराए । राजदूत दाहालले नेपाली वस्तुहरुको निर्यात बढाउन राजदुतावासमा नेपाली वस्तुहरुको जानकारी सहजै प्रदान गर्ने व्यवस्था मिलाउने विषयलाई पनि आफुले ध्यानमा राखेको बताए ।

यता, स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पाले पनि स्पेनबाट नेपालआउने पर्यटकको संख्या उल्लेख्य रहेको र यसलाई बढाउन थप पर्यटन प्रवद्र्धनका लागि साँस्कृतिक सम्बन्ध विस्तार गर्नेमा ध्यान दिने र यसमा परिसंघको सहकार्य महत्वपूर्ण रहेको बताइन् । यसैगरी नेपाली वस्तु तथा उत्पादनको बजार तथा लगानी प्रवद्र्धन गर्ने र प्रविधि हस्तान्तरण लगायतका आर्थिक विषयमा पनि राजदूतद्वयले प्राथमिकताका साथ काम गर्ने विस्वास दिलाइन् ।

सो अवसरमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार विकासमा देखिएको समस्या समाधान गर्न परिसंघले पूर्वाधार सम्मेलन गर्दै आएको जानकारी गराउँदै नेपालका लागि विकसित देशको लगानी र प्रविधि दुबैको उच्च महत्व रहेकाले दुतावासहरुले सकृय भूमिका निभाउनु पर्नेमा जोड दिएका थिए ।

Share News