
काठमाडौं । विश्व प्रसिद्ध अनलाइन सेलर दराजले कात्तिक २५ गते ‘११ः११’ सेल डे मनाउने भएको छ । अङ्ग्रेजी महिना नोभेम्वर ११ को अवसरमा दराजले (वल्र्ड विगेस्ट अनलाइन सेल डे) मनाउने भएको हो ।
सेलको अवसरमा दराजले २४ घण्टाको अवधिमा अधिक मात्रामा बिक्री गर्ने जनाएको छ । एक दिनको अवधीमा मात्रै साढे ३ लाख ग्राहकहरुले सेलमा सहभागिता जनाउने कम्पनीको आँकलन छ । यस्तै, सोही अवसरमा अनलाइनबाट समान खरीद गर्दा ग्राहकहरुले डिस्काउण्ट समेत पाउने मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी बताइयो ।
दराजमा अनलाइन मार्फत सपिङ्ग गर्ने प्रयोजनका लागि ग्राहकहरुले सानिमा, नबिल, नेपाल इन्भेष्टमेण्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कार्ड प्रयोग गर्दा सहुलियत पाउने छन् । दराजले आफ्नो एप मार्फत सामान किन्ने ग्राहकहरुको लागि ११ः११ को अवसरमा छुट दिने जानकारी गराएको हो ।
दराजद्वारा आयोजित पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पहिले दराज भन्दा मानिसमा केही नकारात्मक सोच समेत रहँदै आएको थियो, तर अहिले सामानको गुणस्तरका कारण ग्राहकहरुको विश्वासमा वृद्धी हुन थालेको बताए । उनले विगतका दिनमा जस्तो सामान किन्न विभिन्न पसल धाउनु पर्ने अवस्थामा कमी भएको र यसमा दराजको समेत योगदान रहेकोमा प्रकाश पारे ।