काठमाडौं। आईतबारमात्रै नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोईराला नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले कोईरालालाई अध्यक्षको पदमा नियुक्त गर्न निर्णय गरेको हो।
उनलाई नियुक्त गरेसँगै चिकित्सक क्षेत्रमा सुधार आउने विज्ञहरु बताउँछन्। नेपालका मेडिकल क्षेत्रमा भएका विभिन्न किसिमका समस्या र जटिलतालाई सरलताकाे साथ समाधान गर्ने विश्वास लिईएको छ। यहिसँगै चिकित्सा क्षेत्रमा भएको विकृत, विसंगती पनि हटेर जाने विश्वास धेरैमा छ।
हालसम्म एउटा चिकित्सकको भुमिका निभाउँँदै आएका डा. कोईरालाको लागि काउन्सिलको अध्यक्षको जिम्मेवारी एउटा नयाँ चुनौतीे हो। यधापी काउन्सिलका सदस्यहरु भने कोइरालाको आगमनलाई सकारात्मक रहेका छन्। काउन्सिलका सदस्य कालु सिंह खत्री भन्छन्,’ सरको जुन अहिलेसम्मको विस्स्ट किसिमको सामाजिक छवि छ समग्रमा त्यही छवीमा हाम्रो काउन्सिललाई पनि त्यही उचाईमा लैजानु हुन्छ भन्ने कुरामा हामी सबै आशावादी छौं।’
काउन्सिलको अध्यक्ष भएसँगै काईराला माथि पुर्व अध्यक्ष धर्मकान्त बासकोटाको समयमा पुरा हुननसकेका सिपिडि लागु गर्न प्रकिृया, नेपालको पिजि भारतमा मान्यता दिलाउने काम, नियमित मेडिकल अडिटको कामलाई पुरा गर्नुको साथै मेडिकल शिक्षा क्षेत्रलाई थप सुधार गर्नु पर्ने जिम्मवारी थपिएको छ।
मुटुररोग बिशेषज्ञ डा. काईरालाले यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्दशक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्दको कार्यकारी निर्दशकका रुपका काम गरिसकेका छन्।
वि.स २०२० सालमा मा स्थापना भएको नेपाल मेडिकल काउन्सिल नेपालको चिकित्सकिय पेसा, व्यवसायलाई नियमन र नियन्त्रण गर्न गर्न उदेश्यको साथ स्थापना गरिएको हो। २०५८ सालमा ऐन संशोधन पश्चात नेपालको चिकित्सक शिक्षाको जिम्मेवारी पनि मेडिकल काउन्सिललाई दिईएको थियो। पछिल्लो समयमा आएर चिकित्सक आयोगको गठन भएपछि चिकित्सक शिक्षाको पाटो चिकित्सक शिक्षाले हेर्ने र चिकित्सक शिक्षा, व्यवसायलाई नियमन गर्ने काउन्सिललाई नै दिईएको हो।
काउन्सिलमा अध्यक्षको पदमा भगवान् कोईराला नियुक्त भएसँगै ५ जना सदस्यसँगै रजिस्टारको पद खालि रहेको छ। यो खाली पदलाई कहिले पुरा गरिने भने तय भएको छैन। रस्जिटारको पद केही दिन अगाडि खाली भएको हो भने सदस्यको पद भने कारीब ९-१० महिना देखी खाली रहेको काउन्सिलका सदस्य काली सिङ खत्री बताउँछन्। रजिस्टार नहुँदा काउन्सिलबाट सर्टिफिकेट जारी हुन सकिरहेको छैन।
मेडिकल काउन्सिलमा भने २०२० देखि यता अझै नयाँ कानुन संशोधन भएको छैन। एउटा संस्था राम्रो बलियो हुनको लागि कानुन समयसापेक्ष हुन जरुरी छ । कानुन समयसापेक्ष नहुँदा संस्था कमजोर भएर जान्छ।
चुनौती :
पूर्ण डिजिटल गर्ने
जनमानसमा चिकित्सक प्रति बढ्दो अविश्वास कम गराउनु
नैतीक अभ्यास
१३ वर्षमा एसएलसी दिएका कोईरालाले विद्यालय तहको अध्यन उनको गृहनगर पाल्पाबाट पुरा गरेका हुन्। त्यसपछि उनले काठमाडौंबाट सामान्य चिकित्सक प्रमाणपत्र तह पुरा गरि युक्रेनको खार्किभ मेडिकल इन्स्टिच्युटबाट स्नातक तह पुरा गरेका हुन।
उनले १९९४ मा ढाका विश्वविद्यालयको नेशनल इंस्टिट्यूट अफ कार्डियोवास्कुलर डिजीजबाट स्नातकोत्तर गरे र पछि १९९६ मा संयुक्त राज्य अमेरिकाको मेडिकल लाइसेन्स परीक्षा (चरण १) र २००० मा (चरण २ र ३ पूरा गरेका हुन्।
सन्ं १९८९ मा टिचिङ अस्पतालबाट नेपालमा काम सुरु गरी कोइरालाले पहिलो पटक सन् १९९७ मा पहिलो ओपन हार्ट सर्जरी गरेका थिए। उनको पहलले देश भित्र हृदय रोगहरूको उपचार गर्ने पहिलो पूर्ण मुटुरोग अस्पताल स्थापना गरेर खाँचोमा परेकाहरूको लागि निःशुल्क सेवा सुनिश्चित गर्ने आशा प्रदान गरे।
नेपालमा हृदयरोग उपचारको क्षेत्रमा उनको ठुलो योगदान गरेको छ।