गुठी संस्थानकाे भेटी होइन सम्पत्ति संरक्षण गराैं : मन्त्री अर्याल

<p>काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले भेटी नभएर गुठी संस्थानको सम्पत्ति संरक्षण गरेर खुसी बनाउन आग्रह गरेकी थिईन । गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले गुठीको जग्गा बचाएर, सुशासन कायम गरी मन्त्रालयलाई खुसी गराउन गुठी संस्थानका नेतृत्वलाई निर्देशन दिईन। मन्त्री अर्यालले भनिन् , &#8216;हाम्रो [&hellip;]</p>

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले भेटी नभएर गुठी संस्थानको सम्पत्ति संरक्षण गरेर खुसी बनाउन आग्रह गरेकी थिईन । गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले गुठीको जग्गा बचाएर, सुशासन कायम गरी मन्त्रालयलाई खुसी गराउन गुठी संस्थानका नेतृत्वलाई निर्देशन दिईन।

मन्त्री अर्यालले भनिन् , ‘हाम्रो भावना तपाइहरूले बुझ्नुभएको छ टिम सुशासनका निम्ती प्रतिबद्ध भएर लागेको छ । गुठी संस्थान आगामी दिनमा समयानुकुल प्रतिबद्ध भएर लाग्ने छ ।’ मन्त्री अर्यालले गुठियाराहरूको भावनामा चोट नपुगोस् भन्ने कुरामा मन्त्रालय संवेदनशिल भएको भन्दै गुठियारालाई देखाएर व्यक्तिको नीजि स्वार्थलाई पुरा गर्न लाग्ने तत्वप्रति भने मन्त्रालय होसियार रहेको बताइन् ।

सबै धर्म संस्कृति राज्यको नजरमा समान छन् है भन्ने कुरा संविधानमा लेखेपछि त्यसकै बाटोमा राज्य अहिले हिडिरहेको भन्दै गुठी संस्थानको अझ बढी जिम्मेवारी रहेको जनाईन । संस्थान धर्म, संस्कृति, सम्पत्ति संरक्षणकै निम्ती गठन भएको भन्दै उनले त्यसकारण बढी जिम्मेवारी संस्थानकै हुने बताईन् ।

कामको समिक्षा गरेर एउटा निष्कर्ष निकालेर अगाडी बढ्न संस्थानको नेतृत्वलाई निर्देशन दिँदै मन्त्री अर्यालले संस्थानबाट सम्पादन भएका काम कति पुरा भए कति भएनन् भनेर आत्मसमिक्षा गरेर अगाडी बढ्न निर्देशन दिईन ।
संस्थानको कार्यक्षेत्रका अस्तव्यस्तता, सुशासनसँग जोडिएका विषयहरू हेर्दा चिन्ता लाग्ने अवस्था रहेको भन्दै उनले नेतृत्वले काम बेस्सरी गरेका छौ भन्दा पनि जनमानसले विश्वासै गर्ने अवस्था नबनेको जानकारी दिईन ।

संस्थान गठन भएको ५५ वर्ष पुरा हुदासमेत गुठिको सम्पत्ति यति हो भनेर भन्न सक्नु दुखद अवस्था रहेको भन्दै मन्त्री अर्यालले चिन्ता व्यक्त गरिन् । नेपालमा सबैभन्दा बढी सम्पत्ति भएको संस्था गुठी संस्थान नै हो । यो गठन भएको ५५ वर्ष पुरा भएको छ तर आजसम्म हाम्रो सम्पत्ति हाम्रो जग्गा यति छ भनेर यकिन गर्न सकेनौ , उनले भनिन् , ‘कहाँ कहाँ कति कति मिचियो, त्यसको बारेमा कुनै रेकर्ड छैन । अब कित्ताअनुसार रेकर्ड हुनुको साथै कित्ता छुट्याएर राख्ने , व्यवहारमा कार्यान्वयन गर्ने गरी लाग्नु पर्नेछ । ‘
गुठी भावनासँग जोडिएको कुरा भएको भन्दै मन्त्री अर्यालले जग्गाको संरक्षण गर्ने दायित्व गुठी संस्थान सम्हालेर बसेकाहरूको भएको बताइन । सुशासनका विषयलाई लिएर धेरै प्रश्न उठेको भन्दै उनले गुठी जग्गाको संरक्षणका निम्ती खटाकइएका महन्ठहरू नै गुठीको जग्गा मास्न लागे भनेर मन्त्रालयमा उजुरी आएको बताए ।

यस विषयमा मन्त्रालयले छानबिन गरिरहेको भन्दै मन्त्री अर्यालले गुठी संस्थानलाई पनि अनुसन्धान गर्न आग्रह गरे ।
व्यक्तिले गुठीको जमिन मास्न, बेच्न, चलखेल गर्न लागेका छन् भने त्यो कुरामा संस्थान जिम्मेवार, गम्भिर, चिन्तित हुनुपर्छु, मन्त्री अर्यालले बताईन ।

Share News