नवनियुक्त राजदूतहरुको प्रतिबद्धता-‘आर्थिक कुटनीतिलाई केन्द्रबिन्दुमा राख्छौँ’

<p>काठमाडौं । अष्ट्रेलिया र स्पेनका नवनियुक्त राजदूतहरुले राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट लगानी, प्रविधि तथा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा व्यक्त गरेका छन् । आफ्नो जिम्मेवारी सम्हाल्न त्यसतर्फ जानु अघि निजी क्षेत्रस“ग छलफल गर्न नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा आएका अष्ट्रेलिया र स्पेनका लागि [&hellip;]</p>


काठमाडौं । अष्ट्रेलिया र स्पेनका नवनियुक्त राजदूतहरुले राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट लगानी, प्रविधि तथा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा व्यक्त गरेका छन् ।

आफ्नो जिम्मेवारी सम्हाल्न त्यसतर्फ जानु अघि निजी क्षेत्रस“ग छलफल गर्न नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा आएका अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतहरू क्रमशः महेशराज दाहाल र दावा फुटी शेर्पाको सम्मानमा आयोजना गरिएको भेटघाट एवम् छलफल कार्यक्रममा नवनियुक्त राजदुतहरूले सो धारणा व्यक्त गरेका हुन् ।

मुलुकले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र सो क्रममा महासंघस“ग समेत नजिकमा रहेर कार्य गर्ने उनीहरुले प्रतिवद्धता व्यक्त गरे ।

नवनियुक्त राजदुतहरूको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका अध्यक्ष भवानी राणाले कार्यकालको सफलताको कामना गरिन् । अध्यक्ष राणाले विशेष गरी आफू कार्यरत मुलुकहरूमा नेपालमा लगानीको वातावरण रहेको संदेश दिन, निजी क्षेत्र बीचको आपसी सम्बन्ध विस्तार, लगानीका क्षेत्रहरू, पर्यटन, नेपालको कला स“स्कृति लगायतका विषयमा पर्याप्त प्रचार प्रसार गरी नेपालप्रति त्यहा“का जनता तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने वातावरण बनाई दिन आग्रह गरिन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालका यूवाहरूको प्रमुख रोजाई बन्दै गएको अष्ट्रेलिया र यूरोपको एक महत्वपूर्ण देश स्पेनलाई नेपालस“ग आर्थिक रूपमा जोड्ने इकोनोमिक कनेक्टिभिटीलाई मुख्य रुपमा जोड दिनुपर्ने सुझाव दिए । वरिष्ठ उपाध्यक्ष गोल्छाले नवनियुक्त राजदूतहरूलाई आफू कार्यरत देशहरूमा नेपाल लगानी सम्मेलन तथा नेपाल भ्रमण वर्ष सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरूको आयोजनामा जोड दिन सुझाव दिए । आफू कार्यरत मुलुकबाट लगानी, पर्यटन, प्रविधि आकर्षण र व्यवसायिक सम्बन्ध विस्तारमा के कुराको सहयोग निजी क्षेत्रले गर्नुपर्छ, तपाईहरूले खोजेको सहयोग गर्न महासंघ तयार छ–वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।

कुन देशमा नेपालबाट के कस्तो वस्तु तथा सामान के कति परिमाणमा निर्यात गर्न सकिन्छ त्यसका वारेमा आवश्यक सूचना महासंघ जस्ता स“स्थाबाट उपलव्ध गराउनु पर्ने सुझाव नवनियुक्त राजदूतहरूको थियो । निजी क्षेत्रको सुभाव अनुसार लगानी, प्रविधि, पर्यटन आकर्षण, बीटूबी सम्बन्ध विस्तार र व्यापार प्रवद्र्धनलाई आफूहरूले मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि जनाए ।

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, नेपालबाट स्पेन र अष्ट्रेलियामा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरूको सहभागिता रहेको छलफल कार्यक्रममा नवनियुक्त राजदुतहरूको कार्यकालमा नेपाल र ती मुलुकका निजी क्षेत्र बीचको सम्बन्ध प्रगाढ बनाई निजी क्षेत्र मार्फत लगानी तथा प्रविधि आकर्षण गर्न सकिएमा मुलुकका लागि ठूलो उपलव्धी मिल्ने धारणा पनि राखिएको थियो । कार्यक्रममा महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीको पनि उपस्थिति थियो ।

Share News