प्रधानमन्त्री केपी शर्मा ओली आईसीयुमा

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्राण्डी इन्टरनेशनल अस्पतालको आईसियुमा राखिएको छ। स्वास्थ्यमा समस्या आएपछि ओलीलाई ग्राण्डी इन्टरनेशनल अस्पतालको आईसीयुमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । ओलीलाई ४ बजे अस्पतालबाट डिस्चार्ज गर्ने भनिए पनि उपचार लम्बिएको कारण ओलीलाई आज अस्पतालमै राख्ने सम्भावना बढी भएको बताईएको छ। उनलाई धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल बिहान १० बजे पुर्याईएको थियो। [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्राण्डी इन्टरनेशनल अस्पतालको आईसियुमा राखिएको छ। स्वास्थ्यमा समस्या आएपछि ओलीलाई ग्राण्डी इन्टरनेशनल अस्पतालको आईसीयुमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

ओलीलाई ४ बजे अस्पतालबाट डिस्चार्ज गर्ने भनिए पनि उपचार लम्बिएको कारण ओलीलाई आज अस्पतालमै राख्ने सम्भावना बढी भएको बताईएको छ। उनलाई धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल बिहान १० बजे पुर्याईएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र नियमित फलोअपमात्रै भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीले पछिल्लोपटक भाद्र ५ गते सिंगापुर गएर त्यहाँ दुई साता बसेर प्लाज्माफेरेसिस गराई भाद्र २० गते स्वदेश फर्किएका थिए।

अस्पतालले भने यस विषयमा औपचारिक धारणा राखेको छैन।

Share News