धनधान्यकी देवी माता लक्ष्मीको पूजा तथा आरधना गरी मनाइँदै

<p>काठमाडौं । आज धनधान्यकी देवी माता लक्ष्मीको पूजा । अन्य वर्षहरूमा यमपञ्चकको तेस्रो दिन पर्ने लक्ष्मी पूजा आज साँझ देशैभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सबैको घर–घरमा माता धनकी देवी लक्ष्मीले बास गरुन्, कहिले धन सम्पत्तिले अभाव नहोस् भन्ने मनोकांक्षाका साथ माता लक्ष्मीको पूजा तथा आरधना गरिन्छ । [&hellip;]</p>

  • काठमाडौं । आज धनधान्यकी देवी माता लक्ष्मीको पूजा । अन्य वर्षहरूमा यमपञ्चकको तेस्रो दिन पर्ने लक्ष्मी पूजा आज साँझ देशैभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

सबैको घर–घरमा माता धनकी देवी लक्ष्मीले बास गरुन्, कहिले धन सम्पत्तिले अभाव नहोस् भन्ने मनोकांक्षाका साथ माता लक्ष्मीको पूजा तथा आरधना गरिन्छ ।

हुन त तिहारलाई फूल र दिपको चाड पनि भनिन्छ । माता लक्ष्मी गोधुली साझमा दिपको उज्यालोमा सबैको घर–घरमा प्रवेश गर्ने जनविश्वास रहि आएको छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । आज साझ सबैको घर–घरमा मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपेर चामलको पीठो एवम् अबिरले लक्ष्मीको पाइला बनाइ केराको सुत्लामा बत्ती बाल्ने चलन छ । पछिल्लो.रातो माटो र गोबरले लिपेको ओभानो नभइसकेको आँगनमा बनाइने आकर्षक मण्डलाकार रंगोली, फूल र दिपले घरलाई सजाएर दीपावली मनाउने प्रचलन छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गर–गहना, पैसा, कौडा, धान, चामल, फलफूल, सेलरोटी र कमल फूल र फूलमाला चढाइ चढाइ लक्ष्मीको मूर्ति वा तस्बिरमा श्रद्धापूर्वक स–परिवारले विधिपूर्वक पूजा गरिन्छ ।
लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने प्रचलन छ । घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

यस्तो छ लक्ष्मी पूजाको परम्परा

सत्ययुगमा वामन अवतार भगवान विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवानलाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गरेको उपलक्ष्यमा घर–घरमा यमपञ्चकमा दीपावली गरिन्छ । दानवराजले यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको हो । आज साँझ केटीहरू समूह बनाइ घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।

Share News