डुइङ बिजिनेसमा नेपालको उच्च सुधार, ६३.२ अंक ल्याउँदा ९४ औं स्थानमा, कुन देशको स्थान कहाँ ?

<p>काठमाडौं । डुइङ बिजिनेसमा नेपाल विश्वमा ९४ औं स्थानमा उक्लिएको छ । विश्वका १९० मुलुकहरुमा व्यवसाय गर्ने वातावरण र सुरक्षा र प्रतिफलका आधारमा  प्रत्येक वर्ष सार्वजनिक गर्ने विश्व बैंकले  सन् २०२० काे रिपाेर्टमा  नेपालले अघिल्लो वर्षभन्दा १६ स्थान सुधार गर्दै उक्त स्थान प्राप्त गरेको हो । नेपालले कुल ६३.२ अंक प्राप्त गरेको छ । सबैभन्दा [&hellip;]</p>

काठमाडौं । डुइङ बिजिनेसमा नेपाल विश्वमा ९४ औं स्थानमा उक्लिएको छ । विश्वका १९० मुलुकहरुमा व्यवसाय गर्ने वातावरण र सुरक्षा र प्रतिफलका आधारमा  प्रत्येक वर्ष सार्वजनिक गर्ने विश्व बैंकले  सन् २०२० काे रिपाेर्टमा  नेपालले अघिल्लो वर्षभन्दा १६ स्थान सुधार गर्दै उक्त स्थान प्राप्त गरेको हो ।

नेपालले कुल ६३.२ अंक प्राप्त गरेको छ । सबैभन्दा बढी अंक ल्याउने न्यूजिलयाण्डले ८६.८ अंक ल्याएर पहिलो स्थानमा रहँदा सोमालियाले सबैभन्दा कम २० अंक ल्याएको छ ।

दक्षिण एशियाली राष्ट्रहरुमध्ये भारत ७१ अंकसहित ६३ औं स्थानमा ६१ अंकसहित १०८ औं स्थानमा, बंगलादेश ४५ अंकसहित १६८ औं स्थानमा ६१.८ अंकसहित ९९ औं स्थानमा, भुटान ६६ अंकसहित ८९ स्थानमा, माल्दिभ्स ५३.३ अंकसहित १४७ औं स्थानमा परेका छन् । चीनभने ८५.३ अंकसहित तेस्रो स्थानमा परेको छ ।

सन् २०१८ मा नेपाल १०५ औं स्थानमा थियो । २०१९ मा ११० औं स्थानमा पुगेपछि नेपालले विश्व बैंकसामू आफ्नो असन्तुष्टि औपचारिक रुपमै राखेको थियो । अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकको यो प्रतिवेदन पूर्वाग्रही भएको बताएका थिए ।

[pdf id=176979]

Share News