४५ अर्बको ऋणपत्र जारी गर्दैै राष्ट्र बैंक

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न आज पनि बैंकले  ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्ने भएको हो ।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजे अनलाइनबाट हुने छ । बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ ।

बैंकले जारी गर्न लागेको यो ऋणपत्र एक वर्षे अवधिको लागि हो । यसको साँवा भुक्तानी २०८४ असार १७ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। 

Share News