काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकका सञ्चालकहरुले आफ्नो इच्छाले पैसा चलाउन नपाउने बताएका छन् । नेपाल बैंकिङ इन्स्टिच्यूट(एनबीआई)ले विहीबार आयोजना गरेको रिक्स म्यानेजमेन्ट सम्बन्धी कार्यक्रममा गभर्नर नेपालले भने–‘आफ्नो इच्छाले चलाउने भने अरु नै व्यवसाय गर्नुस् ।’
बैंकमा सञ्चालकहरुका सम्पत्ति ८ प्रतिशत मात्रै हुन्छ, बाँकी ९२ प्रतिशत सर्वसाधारणहरुको सम्पत्तिलाई सञ्चालहरुले आफ्नो इच्छाले चलाउन पाउँदैनन्–गभर्नर नेपालले भने । राष्ट्र बैंकले लिने नीति दूरगामी हुन्छ । पछिल्लो समय राष्ट्र बैंकले लिएको नीति पनि दूरगामी छ, गभर्नर नेपालले भने–‘राष्ट्र बैंकले आफ्नो नीति जसरी पनि लागू गरेरै छाड्छ ।’
राष्ट्र बैंकले लिएको नीति कार्यान्वयन गर्नु होला, बैंकका सीईओ र सञ्चालकहरुलाई उनले भने । राष्ट्र बैंकले लिएको नीति खुरुखुरु कार्यान्यवन गर्नु होला, माथिल्लो निकायमा गएर हारगुहार गरेपनि केही हुने वाला छैन, म गभर्नर रहेसम्म र अर्का गभर्नर आएपनि राष्ट्र संघले लिएको दूरगामी नीति कार्यान्वयन भएरै छाड्छ–उनको भनाई थियो ।
बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) र सञ्चालन हुन ६५ र ७० वर्षको उमेर हद तोकिएको प्रशंगमा उनले भने–‘निजी व्यवसाय उमेर ढल्कदै गएपछि उत्तराधिकारीलाई जिम्मा लगाइन्छ, तर बैंक तथा वित्तीय संस्थाको प्रमुख पदमा चाँही उमेर जति भएपनि बसिरहन पाउनु पर्छ भन्ने धारण गलत छ ।’
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढंगानाले सञ्चालकको स्थार्थ हेरर मात्र काम गर्दैनौं भने । पूँजी बृद्धि संगै बिजनेशपनि बृद्धि गर्यौँ, जसले गर्दा केही समस्यापनि आयो, तर त्यसलाई व्यवस्थापन गरेर अघि बढेको अध्यक्ष ढुंगानाले बताए ।