सिटिजन्स बैंकमा ४ जना सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त, कार्यभार कात्तिक १ बाट

<p>काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा ४ जना सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । हालका प्रमुख कर्जा अधिकृत सुमितबाबु खत्री, प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्रलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई २०७६ कार्तिक १ गतेबाट लागु हुने गरी सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । बैंकको स्थापनाकाल [&hellip;]</p>

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा ४ जना सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।

हालका प्रमुख कर्जा अधिकृत सुमितबाबु खत्री, प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्रलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई २०७६ कार्तिक १ गतेबाट लागु हुने गरी सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

बैंकको स्थापनाकाल देखि नै आबद्ध चारै जनाले विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

“भित्र सिस्टम र बाहिर इमेज”को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्की रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उहाँहरुको लामो अनुभवले बैंकलाई थप उचाइँमा लैजाने विश्वास व्यक्त गरे ।

Share News