बैंकहरूको आरओई र आरओएमा उछाल, केही बैंकको घट्यो

काठमाडौं । वाणिज्य बैंकहरूको रिटर्न अन इक्विटी (आरओई) बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा बैंकहरूको आरओई औसत १०.४९ प्रतिशत बढेर ८.६८ प्रतिशत बिन्दुमा पुगेको हो । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको औसत आरओई ७.८६ प्रतिशत बिन्दुमा थियो । 

समीक्षा अवधिमा सबैभन्दा धेरै कुमारी बैंकको आरओई बढेको देखिन्छ । कुमारीको १ हजार १४०.७४ प्रतिशत बढेर १३.४ प्रतिशत बिन्दुमा पुगेको देखिन्छ । 

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ११४.६८ प्रतिशत बढेर ६.८७ प्रतिशत बिन्द, हिमालयन बैंकको ४८.६१ प्रतिशत बढेर २.६९ प्रतिशत बिन्द, माछापुच्छ्रेबैंकको ३०.६९ प्रतिशत बढेर १०.९ प्रतिशत बिन्द, सिटिजन्स बैंकको २७.१९ प्रतिशत बढेर ७.३९ प्रतिशत बिन्द, सानिमा बैंकको २६.८६ प्रतिशत बढेर १३.१३ प्रतिशत बिन्दुुमा आरओई पुगेको देखिन्छ ।

यस्तै, प्राइम बैंकको २६.१० प्रतिशत बढेर ११.९८ प्रतिशत बिन्द, नबिल बैंकको २०.८८ प्रतिशत बढेर १३.६६ प्रतिशत बिन्द, नेपाल एसबीआई बैंकको १३.८८ प्रतिशत बढेर ९.२७ प्रतिशत बिन्द, लक्ष्मी सनराइज बैंकको ११.५५ प्रतिशत बढेर ५.८९ प्रतिशत बिन्द, सिद्धार्थ बैंकको ५.८८ प्रतिशत बढेर ८.२७ प्रतिशत बिन्द, एनआईसी एशिया बैंकको २.८१ प्रतिशत बढेर ०.७३ प्रतिशत बिन्द, एनएमबि बैंकको ०.२८ प्रतिशत बढेर १०.४८ प्रतिशत बिन्दुमा आरओई पुगेको देखिन्छ ।

तर, चालु आवको ९ महिनामा विभिन्न ७ बैंकको आरओई भने घटेको देखिन्छ । प्रभु बैंकको ५५.५८ प्रतिशत घटेर ३.३ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३४.८५ प्रतिशत घटेर ६.३ प्रतिशत बिन्दु, कृषि विकास बैंकको ३२.७० प्रतिशत घटेर ४.६३ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १४.२८ प्रतिशत घटेर १३.५६ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८.२६ प्रतिशत घटेर १२.८७ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ८.१२ प्रतिशत घटेर ८.७१ प्रतिशत बिन्दु र नेपाल बैंकको ४.४८ प्रतिशत घटेर ९.५९ प्रतिशत बिन्दुमा आरओई सीमित भएको छ । 

null

कुन बैंकको आरओए कति ?

समीक्षा अवधिमा वाणिज्य बैंकहरुको आरओए पनि बढेको छ । चैत मसान्तसम्म बैंकहरुको आरओए औसत २.९८ प्रतिशत बढेर ०.८३ प्रतिशत बिन्दुमा पुगेको छ । जबकि गत वर्षको चैतमा बैंकहरुको आरओए ०.८ प्रतिशत बिन्दुमा थियो ।

चैत मसान्तसम्म रिटन अन एसेट (आरओए) सबैभन्दा धेरै कुमारी बैंककै बढेको देखिन्छ । कुमारी बैंकको १२ सय प्रतिशत बढेर १.१७ प्रतिशत बिन्दुमा आरओए पुगेको छ ।

यस्तै, राष्ट्रिय वाणिज्यको ८१.२५ प्रतिशत बढेर ०.५८ प्रतिशत बिन्दु, हिमालयनको ४४.४४ प्रतिशत बढेर ०.२६ प्रतिशत बिन्दु, सानिमाको २९.६७ प्रतिशत बढेर १.१८ प्रतिशत बिन्दु, माछापुच्छ्रेको २८.३७ प्रतिशत बढेर ०.९५ प्रतिशत बिन्दु, सिटिजन्सको २६.७८ प्रतिशत बढेर ०.७१ प्रतिशत बिन्दु, प्राइमको २१.९० प्रतिशत बढेर १.२८ प्रतिशत बिन्दु, नबिलको १५.५१ प्रतिशत बढेर १.३४ प्रतिशत बिन्दुमा आरओए पुगेको छ । 

यस्तै, लक्ष्मी सनराइजको ७.४० प्रतिशत बढेर ०.५८ प्रतिशत बिन्दु, नेपाल एसबीआईको ६.६६ प्रतिशत बढेर ०.८ प्रतिशत बिन्दु, सिद्धार्थको १.३६ प्रतिशत बढेर ०.७४ प्रतिशत बिन्दुमा आरओए छ । 

सार्वजनिक तथ्याङ्क अनुसार विभिन्न ९ बैंकको आरओए घटेको छ । प्रभु बैंकको ५८.२० प्रतिशत घटेर ०.२८ प्रतिशत बिन्दु, एनआईएमबिको ३८.७९ प्रतिशत घटेर ०.७१ प्रतिशत बिन्दु, कृषि विकासको ३५.५२ प्रतिशत घटेर ०.४९ प्रतिशत बिन्दु, एभरेष्टको १९.४६ प्रतिशत घटेर १.२ प्रतिशत बिन्दुमा सीमित भएको छ ।

यस्तै, एनआईसी एशियाको १६.६६ प्रतिशत घटेर ०.०५ प्रतिशत बिन्दु, ग्लोबल आइएमईको १६.६६ प्रतिशत घटेर ०.८ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्डको १६.१४ प्रतिशत घटेर १.६१ प्रतिशत बिन्दु, नेपाल बैंकको १५.३८ प्रतिशत घटेर ०.८८ प्रतिशत बिन्दु र एनएमबिको ४.०४ प्रतिशत घटेर ०.९५ प्रतिशत बिन्दुमा आरओए छ । 

Share News