साउन २३ देखि सिद्धार्थ क्यापिटलको इकाई निष्काशन हुने

<p>काठमाडौँ । सिद्धार्थ बैंकद्वारा प्रवद्र्धन गरिएको तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम २ को १४ करोड इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार प्रति इकाई मूल्य रु.१० दरको १४ करोड इकाईको १५ प्रतिशतले हुन [&hellip;]</p>

काठमाडौँ । सिद्धार्थ बैंकद्वारा प्रवद्र्धन गरिएको तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम २ को १४ करोड इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिने भएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार प्रति इकाई मूल्य रु.१० दरको १४ करोड इकाईको १५ प्रतिशतले हुन आउने २ करोड १० लाख इकाई वा सामुहिक लगानी कोष नियमवली २०६७ को नियम २९ को व्यवस्था बमोजिम तोकिएको न्यूनतम १५ प्रतिशतले हुन आउने इकाई कोष प्रवद्र्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गरी बाँकी इकाई विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको हो ।

न्यूनतम १०० र अधिकतम १ करोड ४० लाख इकाईसम्म दरखास्त दिन पाइने छ । साउन २३ गते निष्काशन खुला हुने र छिटोमा साउन २७ गते र ढिलोमा भदौ २० गते निष्काशन बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

Share News