
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सोमबार नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको संघीय संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम सेवाको एक समारोहका बीच उद्घाटन गरेका छन् ।
काउन्टर उद्घाटन गर्दैसभामुख महराले सरकारी बैंकको सेवाबाट सांसदहरु तथा सचिवालयका कर्मचारीहरुलार्ई कारोबार गर्न सहज हुने बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवा अझ चुस्त र प्रविधिमैत्री हुने बताउदैं उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्सालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । उक्त समारोहमा अर्थ समितिका सभापति कृणप्रसाद दाहाल, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, महिला समितिका सभापति निरु पाल, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, बैंकका उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।