माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्र साउन ६ देखि, न्यूनतम २५ कित्ता आवेदन गर्न सकिने

<p>काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको रु.१,०००/– अङ्कित दरका ३०,००,०००/– कित्ता ऋणपत्र साउन ६ गतेदेखि जारी गरेको छ । वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदर सहित बैंकले३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको १०.२५ माछापुच्छ्रे ऋणपत्र २०८५ नामक ऋणपत्रको कुल निष्काशित ३० लाख इकाई मध्ये सामूहिक लगानी कोषका लागि छुट्टाइएको [&hellip;]</p>

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको रु.१,०००/– अङ्कित दरका ३०,००,०००/– कित्ता ऋणपत्र साउन ६ गतेदेखि जारी गरेको छ ।

वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदर सहित बैंकले३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।

एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको १०.२५ माछापुच्छ्रे ऋणपत्र २०८५ नामक ऋणपत्रको कुल निष्काशित ३० लाख इकाई मध्ये सामूहिक लगानी कोषका लागि छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला छ ।

बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री हुने बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा भदौ ३ गतेसम्म खुला रहनेछ ।

Share News