सुनसरीको देवानगञ्जमा नेपाल इन्भेष्टमेण्टको शाखा बिस्तार

<p>काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सुनसरीको देवानगञ्ज गाउँ पालिकामा ८०औं शाखाविस्तार गरेको छ । देवानगञ्ज गाँउपालिका वडा नं. २ मा शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्ने जनाइएको छ । केही समयपछि एटिएम सेवापनि संचालन गर्ने बैंकले जनाएको छ । शाखाको गाउँ पालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उद्घाटन गरिन् । उद्घाटन समारोहमा बैंकका [&hellip;]</p>


काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सुनसरीको देवानगञ्ज गाउँ पालिकामा ८०औं शाखाविस्तार गरेको छ ।

देवानगञ्ज गाँउपालिका वडा नं. २ मा शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्ने जनाइएको छ । केही समयपछि एटिएम सेवापनि संचालन गर्ने बैंकले जनाएको छ ।

शाखाको गाउँ पालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उद्घाटन गरिन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

Share News