काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले कमाएको नाफा अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाभन्दा ९.६१ प्रतिशतले गिरावट आएर २ अर्ब ५६ करोड रुपैंया कायम भएको हाे । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८४ करोड नाफा कमाएको थियो ।
असार मसान्तदेखि चैत मसान्तको अवधिसम्म निक्षेप र कर्जा ६/६ अर्बले रुपैंयाले बढाएको बैंकको निक्षेप १ खर्ब ४२ अर्ब तथा कर्जा १ खर्ब २४ अर्ब कर्जा संकलन गरेको छ । उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ११ करोडबाट बढेर ४ अर्ब ९१ अर्ब पुगेको छ भने सञ्चालन खर्च १ अर्ब ५८ करोडबाट बढेर १ अर्ब ८३ करोड पुगेको छ ।
१० अर्ब ६४ करोड रुपैंयाबाट १२ अर्ब ५८ करोड रुपैंया चुक्ता पुँजी पुर्याएको उक्त अवधिमा २ अर्ब ७३ करोड रुपैंयाबाट २ अर्ब ९३ करोड रुपैंया पुगेको छ ।
नाफाबाहेक अन्य वित्तीय सूचकहरुमा पनि इन्भेष्टमेन्ट बैंककाे अवस्था खस्किएको छ । । बैंकको कस्ट अफ फण्ड ६.३५ प्रतिशतबाट बढेर ६.४८ पुग्दा बैंकको निष्क्रिय कर्जा अनुपात ०.७६ प्रतिशतबाट बढेर ३.०४ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा अनुपातमा देखिएको यस्तो नाजुक अवस्थाका कारण बैंकको लोनलस प्रोभिजन २४४ प्रतिशतबाट घटेर ९३ प्रतिशतमा झरेको छ । बैंकको यो विवरण हेर्दा बैंकको ठूलो ऋणीले बैंकको लोन नतिरेको अवस्था देख्न सकिन्छ ।
कस्ट अफ फण्डमा वृद्धिका बाबजुद आधार ब्याजदरमा भने बैंकले ०.५८ प्रतिशतले सुधार ल्याएर ८.५४ प्रतिशत कायम गरेको छ ।
बैंकले कमाएको उक्त नाफाका आधारमा बैंकको प्रतिशेयर आम्दानी २७.०७ प्रतिशत हुन आउँछ, अघिल्लो वर्ष यो आम्दानी ३५.५५ प्रतिशत थियो । चैत मसान्तमा ६६७ रुपैंया रहेको बैंकको शेयरको बजारमूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात २०.२१ गुणा कायम भएको छ ।