डेभलपमेन्ट बैंकर्स एशोसिएसनकाे अध्यक्षमा गोविन्द ढकाल, महासचिव मनाेज ज्ञवाली

<p>काठमाडाैं । डेभलपमेन्ट बैंकर्स एशोसियशनले पूर्णकालीन नेतृत्व पाएको छ । एक वर्षअघि तात्कालिन अध्यक्ष भरतराज ढकाल मुक्तिनाथ विकास बैंकबाट बाहिरिएसँगै रिक्त रहेको उक्त पदमा कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाललाई शुक्रबार बसेको एशोसिएशनको १३ औं वार्षिक साधारणसभाले पूर्णकालीन अध्यक्षको जिम्मेवारी दिएको हो । उनको पदावधि २ वर्षको हुनेछ [&hellip;]</p>

काठमाडाैं । डेभलपमेन्ट बैंकर्स एशोसियशनले पूर्णकालीन नेतृत्व पाएको छ । एक वर्षअघि तात्कालिन अध्यक्ष भरतराज ढकाल मुक्तिनाथ विकास बैंकबाट बाहिरिएसँगै रिक्त रहेको उक्त पदमा कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाललाई शुक्रबार बसेको एशोसिएशनको १३ औं वार्षिक साधारणसभाले पूर्णकालीन अध्यक्षको जिम्मेवारी दिएको हो । उनको पदावधि २ वर्षको हुनेछ ।

अध्यक्षमा ढकालसँगै एशोसिएशनका प्रथम उपाध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेल, द्धितीय उपाध्यक्षमा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, महासचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, सचिवमा तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा भने रेशमप्रसाद जोशी, नरेशसिंह बोहोरा, विरुराम जैसी, प्रवीण बस्नेत र नवीन सुवेदी चयन भएका छन् ।

हाल सञ्चालनमा रहेका ३३ विकास बैंकहरुमध्ये २९ ओटा विकास बैंकको प्रतिनिधित्व रहेको एशोसियसनकाे साधारणसभाले नयाँ नेतृत्व चयनसँगै कार्यबाहक अध्यक्षको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन समेत पारित गरेको छ ।

Share News