आन्तरिक राजश्वको अनलाइनमा समस्या, करदातालाई सास्ती, विभाग भन्छ- समाधानको कोशिस गर्दैछौं

<p>काठमाडौँ । नेपाल सरकार अर्थमन्त्रालय अन्तरगत आन्तरिक राजश्व विभागको अनलाइन सिस्टममा समस्या भएपछि करदाता सेवाग्राहीहरु समस्यामा परेका छन् । आफ्नो संघसंस्था र व्यवसायिक प्रतिष्ठानको कर बुझाउन अनलाइन सिस्टम भएपछि सजिलो हुनु पर्नेमा अहिले सेवाग्राहीलाई झनै झन्झट भएको छ । अनलाइनमा घण्टौँ बस्दापनि साइट नखुल्ने, खुलेपनि एकैछिनमा ह्याङ हुने र कर इन्ट्रि गर्न सक्ने सहज अवस्था [&hellip;]</p>


काठमाडौँ । नेपाल सरकार अर्थमन्त्रालय अन्तरगत आन्तरिक राजश्व विभागको अनलाइन सिस्टममा समस्या भएपछि करदाता सेवाग्राहीहरु समस्यामा परेका छन् । आफ्नो संघसंस्था र व्यवसायिक प्रतिष्ठानको कर बुझाउन अनलाइन सिस्टम भएपछि सजिलो हुनु पर्नेमा अहिले सेवाग्राहीलाई झनै झन्झट भएको छ ।

अनलाइनमा घण्टौँ बस्दापनि साइट नखुल्ने, खुलेपनि एकैछिनमा ह्याङ हुने र कर इन्ट्रि गर्न सक्ने सहज अवस्था हुँदैन । अनलाइनबाट काम नभएपछि कार्यालय मै धाउनु पर्ने अवस्था सिर्जना भइरहेको छ ।

विभागको साइटमा हिजो र आजपनि उस्तै समस्या दोहोरिरहेको छ । एक सेवाग्राहीले भने-विभागको अनलाइनमा समस्या आउने रोग विगतदेखि कै हो, खै किन समाधानतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन ? यसले गर्दा सेवाग्राहीले निकै दुःख पाएका छन् । महिनाको अन्तिममा साइट नचल्ने र जरिवाना तिर्नु पर्ने अवस्था आउने गरेको करदाताहरुको गुनासो छ ।

यस सम्बन्धमा अन्तरगत आन्तरिक राजश्व विभागको सूचना प्रणाली शाखाका निर्देशक चुडामणी ढुंगानाले साइटमा समस्या आएको स्वीकार गर्दै समाधानको कोशिस भइरहेको बताए ।

विगतमा आउने गरेका समस्या समाधान गरेका छौं, हिजो र आजको समस्या अलि फरक खालको छ । नयाँ नयाँ समस्या आउँदा समाधानका लागि अलि गाह्रो भएको छ- निर्देशक ढुंगानाले भने ।

करदाता सेवाग्राहीबाट गुनासो आएको छ, काममा केही असहजता आएको पक्कै हो, तर हामीपनि चुप लागेर बसेका छैनौं । उनले भने-प्राबिधिक समस्या समाधान गरी काम सहज बनाउने कोशिसमा विभाग जुटेको छ । नयाँ नयाँ प्रबिधि थपेर भएपनि समस्या समाधान छिटो भन्दा छिटो गर्छौँ ।

Share News