५ महिनामा भित्रियो ५ अर्ब ८० करोडको लगानी, हवाई क्षेत्रमा भूटानी ड्रुकएयरको इन्ट्री

<p>काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ५ अर्ब ८५ करोड ४० लाख रुपैँयाको विदेशी लगानी नेपाल भित्रिएको छ । कम्पनी रजिष्टार कार्यालयका अनुसार पछिलो ५ महिनामा २४ वटा विदेशी कम्पनी मार्फत लगानी भित्रिएको हो । नयाँ दर्ता भएका विदेशी कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पूँजीे भूटानको ड्रुकएयर कर्पोरेशनको रहेको छ । सो कर्पोरेशनको चुक्ता [&hellip;]</p>


काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ५ अर्ब ८५ करोड ४० लाख रुपैँयाको विदेशी लगानी नेपाल भित्रिएको छ । कम्पनी रजिष्टार कार्यालयका अनुसार पछिलो ५ महिनामा २४ वटा विदेशी कम्पनी मार्फत लगानी भित्रिएको हो ।

नयाँ दर्ता भएका विदेशी कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पूँजीे भूटानको ड्रुकएयर कर्पोरेशनको रहेको छ । सो कर्पोरेशनको चुक्ता पूँजी ५ अर्ब रुपैँया रहेको छ । हवाइजहाज र हेलिकप्टर सञ्चालनका लागि सो कम्पनी दर्ता भएको छ ।

चालु आर्थिक वर्षको पछिलो ५ महिनामा दर्ता भएको दोस्रो ठूलो विदेशी कम्पनीमा चीन नेशनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन रहेको छ । यो कम्पनीले निर्माण सम्बन्धी काम गर्ने उद्देश्य लिएको छ ।

कम्पनी रजिष्ट्राको कार्यालयमा दर्ता भएका कम्पनीहरुमध्ये अधिकांश कम्पनीहरु निमार्ण सम्बन्धी काम गर्ने उद्देश्य लिएका छन् ।

कम्पनी रजिष्ट्रार कार्यलयका कम्पनी रजिष्ट्रार भुवनहरि आचार्यका अनुसार विदेशी कम्पनीहरुले नेपालमा लगानीको वातावरण भएकाले ठूला कम्पनीहरु दर्ता गरिरहेको बताए ।

दर्ता भएका सबै विदेशी कम्पनी प्रदेश नम्बर ३ मा सञ्चालन हुने छन् ।

Share News