करोडौंका महलमा बस्ने गरिब भेटिएनन्

<p>काठमाडौं । ‘करोडौंका महलमा बस्ने गरिब भेटिएनन्’, झट्ट सुन्दा हासोँ उठ्न सक्छ । तर योे कटु यथार्थ हो । सरकारले करोडौं खर्च गरेर काठमाडौंमा खडा गरेका महलमा बस्ने गरिबहरु अझै फेला पार्न सकिरहेको छैन् । सहरी विकास मन्त्रालयले ११ करोड ७५ लाख खर्चेर काठमाडौंको इचंगुनारायणमा ६ वटा अपार्टमेन्ट निर्माण गरेको छ । त्यहाँ अर्काे एउटा [&hellip;]</p>

गरिबको पर्खाईः इचंगुनारायणमा शहरी गरिबका लागि निर्माण गरिएका अपार्टमेन्ट

काठमाडौं । ‘करोडौंका महलमा बस्ने गरिब भेटिएनन्’, झट्ट सुन्दा हासोँ उठ्न सक्छ । तर योे कटु यथार्थ हो । सरकारले करोडौं खर्च गरेर काठमाडौंमा खडा गरेका महलमा बस्ने गरिबहरु अझै फेला पार्न सकिरहेको छैन् ।

सहरी विकास मन्त्रालयले ११ करोड ७५ लाख खर्चेर काठमाडौंको इचंगुनारायणमा ६ वटा अपार्टमेन्ट निर्माण गरेको छ । त्यहाँ अर्काे एउटा सामुदायिक भवन पनि छ ।

२३२ परिवारका लागि निर्माण गरिएका यी महलमा बस्ने शहरी गरिबहरु अझै नभेटिएको शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताए । ‘करोडौं खर्चेर बनाईएका अपार्टमेन्ट बर्षाैदेखि अलपत्र अवस्थामा छन्, हामीले शहरी गरिबको विवरण पठाउन गरिबी निवारण मन्त्रालयलाई पटक पटक पत्र लेखेका थियौं तर अझै विवरण आएको छैन’, मन्त्री राईले भने ।

 

उनले गरिबी निवारण मन्त्रालयले शहरी गरिबहरुको विवरण उपलब्ध गराएमा तत्कालै २३२ परिवारलाई अपार्टमेन्ट वितरण गर्ने जानकारी दिए । ‘करोडौंका भवन प्रयोग विहिन भएका छन्, हामी चिन्तित छौं, विवरण आउने वित्तिकै वितरण गर्छाै’, राईले भने ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले बागमति किनारको सुकुम्बासी बस्तीमा डोजर चलाएपछि विस्थापितहरुका लागि इचंगुनारायणमा आवास निर्माणको काम अघि बढाईएको थियो । तर अहिलेसम्म शहरी गरिबहरुको पहिचान नभएपछि ती भवन अलपत्र अवस्थामा पुगेका छन् ।

Share News