नबिकरणीय उर्जा र उद्यमशीलताबारे छलफल, नवीकरणीय ऊर्जालाई बिर्सन नहुनेमा जोड

<p>काठमाडौँ । उद्यमशीलताको विकास गर्दा नवीकरणीय ऊर्जालाई बिर्सन नहुने आज राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ र नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज)को आयोजनामा आज आयोजित ‘नवीकरणीय ऊर्जा र उद्यमशीलता विकासका लागि सञ्चार माध्यमको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीले यस्तो बताएका हुन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्का महासचिव पदम दुलालले [&hellip;]</p>

काठमाडौँ । उद्यमशीलताको विकास गर्दा नवीकरणीय ऊर्जालाई बिर्सन नहुने आज राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ र नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज)को आयोजनामा आज आयोजित ‘नवीकरणीय ऊर्जा र उद्यमशीलता विकासका लागि सञ्चार माध्यमको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीले यस्तो बताएका हुन् ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्का महासचिव पदम दुलालले नवीकरणीय ऊर्जा ग्रामिण क्षेत्रमा बढी प्रयोग भइरहेको उल्लेख गर्दै गाउँमा साना तथा घरेलु उद्योगले राम्रो काम गरिरहेको बताए । उनले उनीहरुका काम कारवाहीका विषयमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए ।

परिसङ्घका कार्यकारी निर्देशक पूर्ण रञ्जितकारले हरेक ‘घर ऊर्जा घर, हरेक बस्ती ऊर्जा बस्ती’ हुनुपर्ने नीति सरकारले अघि सारेको बताउँदै विसं २०८५ सम्म हरेक परिवारले ऊर्जाबाट भात पकाउन सक्ने हुनुपर्ने लक्ष्य लिएको जानकारी दिए । उनले उद्योगको विकास गर्ने योजना बनाइरहँदा नवीकरणीय ऊर्जालाई समेत सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यक्रम अधिकृत उमेश आचार्यले राष्ट्रिय ऊर्जामा वैकल्पिक ऊर्जाको योगदान दुई दशक अघि शून्य दशमलव पाँच प्रतिशत रहेकोमा अहिले बढेर तीन दशमलव दुई प्रतिशत रहेको जानकारी दिँदै नेपाल सरकारको स्वेतपत्रले समेत प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले नवीकरणीय ऊर्जामा व्यावसायिक योजनाअनुसार अनुदान दिने गरिएको बताए । जलवायु परिवर्तनलगायत विभिन्न कारणले विश्वभरिनै नवीकरणीय ऊर्जालाई प्राथमिकता दिइएको बताउँदै आचार्यले अब यो वैकल्पिक नभई सधैँका लागि प्रयोग बढाउने गरी कार्यक्रम अघि बढिसकेको उल्लेख गरे ।

परिसङ्घका सल्लाहकार गणेश शाहले नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज) का अध्यक्ष सीताराम भट्टराईले उद्योग व्यवसायको प्रवद्र्धनका लागि सहकार्य गर्न तयार रहेको बताए ।

समन्वय भएमा पत्रकारितामार्फत व्यावसायिक क्षेत्रका समस्या र सफलताका कुरा बाहिर ल्याउन सहज हुने उल्लेख गरे ।

Share News