सरकारलाई सेयर लगानीकर्ताको प्रश्नः फूलले हानौं कि बञ्चरोले ?

<p>काठमाडौं । सेयर लगानीकर्ताहरुले सरकारलाई फूलले हानौं कि बञ्चरोले भनि प्रश्न गरेका छन् ।  आफ्ना जायज मार्गहरु शान्तिपूर्ण तरिकाले सम्बोधन गरिदिन आग्रह गर्दा नटेरेको भन्दै लगानीकर्ताहरुले फुलले हान्दा नटेरे आफुहरुसँग बञ्चरो समेत रहेको बताएका हुन् । राजधानीमा शुक्रबार भेला भएका अधिकांश लगानीकर्ताहरुले   समूहको तर्फबाट यसअघिका आन्दोनहरुमा सहभागी हुनेहरुप्रति आभार व्यक्त गर्दै आफूहरुलाई वेवास्ता गरिएकोमा सरकार र [&hellip;]</p>

काठमाडौं । सेयर लगानीकर्ताहरुले सरकारलाई फूलले हानौं कि बञ्चरोले भनि प्रश्न गरेका छन् ।  आफ्ना जायज मार्गहरु शान्तिपूर्ण तरिकाले सम्बोधन गरिदिन आग्रह गर्दा नटेरेको भन्दै लगानीकर्ताहरुले फुलले हान्दा नटेरे आफुहरुसँग बञ्चरो समेत रहेको बताएका हुन् । राजधानीमा शुक्रबार भेला भएका अधिकांश लगानीकर्ताहरुले   समूहको तर्फबाट यसअघिका आन्दोनहरुमा सहभागी हुनेहरुप्रति आभार व्यक्त गर्दै आफूहरुलाई वेवास्ता गरिएकोमा सरकार र नियामक निकायहरुप्रति रोष प्रकट गरेका थिए ।

बैठकमा सहभागी एक सदस्यले आफूहरुले सरकारलाई ध्यानाकर्षण गर्न फूलले हानेको भन्दै आफूहरुसँग बञ्चरो पनि भएको र परिआए त्यो पनि चलाउनसक्ने चेतावनी दिए । अर्का सदस्यले माओवादी सशस्त्र युद्धपनि दवाव समूहबाट नै जन्म भएको भन्दै आफूहरुलाई कमजोर नआक्न चेतावनी दिए ।

बैठकमा वक्ताहरुले बजारमा हालसम्म क्रियाशील लगानीकर्ता नेताहरुले सरकारको दलाली गरेको आरोप समेत लगाए । उनीहरुले शेयर बजारको विश्लेषकको नाममा विष्णुप्रसाद बस्यालले २ करोड रुपैंया लिएर बजार परिसूचकलाई ९०० अंकमा ल्याउने जिम्मा लिएको आरोप समेत लगाए ।

नयाँ संघप्रतिको आलोचनात्मक टिप्पणी

शेयर बजार दवाव समूहको नामबाट करिब १ महिना अघिदेखि बजारमा आन्दोलन गर्दै आएका लगानीकर्ताको समूहले शुक्रबार भृकुटीमण्डपमा भेला गरे। यसअघि गरिएको आन्दोलनको समीक्षा गर्ने र थप दवावका कार्यक्रम तय गर्ने भनेर डाकिएको भेला भए पनि भेलाले न त यसअघिको आन्दोलनको समीक्षा नै राम्राेसँग तय गर्न सक्याे, न त भावी रणनीति नै ।

भेलाकाे पहिलाे चरण भनेर छुट्याइएकाे समयमा उपस्थितमध्ये केहीले अाफ्ना अनुभव साट्नु र सरकारकाे अालाेचना गर्नुबाहेक केही गरेनन् । बरु भेलाले १५ सदस्यीय कार्यसमितिको चयन गरी नयाँ संस्था दर्ता प्रक्रिया सुरु गरेको छ । करिब १०० जना लगानीकर्ताको उपस्थिति रहेको उक्त भेलामा उठेर बोल्ने अधिकांश व्यक्तिहरु कार्यसमितिमा अटाए । विशेषगरी उपाध्यक्ष र सदस्यहरु चयन गर्ने क्रममा केही विवाद देखिए पनि अन्तमा सबै सदस्यहरु सर्वसम्मत रुपमा चयन भए ।

नयाँ कार्यसमिति चयनअघि बोल्ने अधिकांश वक्ताहरुले दवाव समूहको रुपमा गरिएको यसअघिको रिले अनसन, आमरण अनसन लगायतका आन्दोलनहरुले नै सरकारले बजारकाे एजेन्डा स्थापित गराउन सफल भएकाे भनेर दाबी गर्नसक्ने ठाउँ थियाे, त्यसमा समूहका नेताहरु फेरि पनि चुकेका छन् । भेलाले यसअघिका अान्दाेलनहरुले लगानीकर्तालाई व्युँझाउन सफल भएको भन्दै आन्दोलनमा सहभागी हुने सबैलाई धन्यवाद दिए पनि निर्वाचित कार्यसमितिले त्यसबारे आधिकारिक धारणा भने बनाउन सकेन । बैठकमा यसअघि समूहले उठाएका १४ बुँदै मागहरुमा जुन रुपमा छलफल हुनुपर्थ्याे त्याे गर्नबाट समेत समूह चुकेकाे छ ।

Share News