बीमा कम्पनीका अभिकर्तालाई विदेश भ्रमणमा रोक, अध्यक्ष भन्छ्न् : अति भएपछि बाध्य भएँ

<p>काठमाडौं । बीमा कम्पनीका अभिकर्ताहरुको विदेश भ्रमणमा रोक लागेको छ । बीमा समितिले अर्काे व्यवस्था नभएसम्मका लागि अभिकर्ताहरुलाई विदेश भ्रमणमा नलैजान बीमा कम्पनीरुलाई निर्देशन दिएको हो । समितिले पुस १० गते जीवन बीमा कम्पनीहरु र ११ गते निर्जिवन बीमा कम्पनीहरुलाई परिपत्र गर्दै अभिकर्ताहरुको विदेश भ्रमण रोक्न निर्देशन दिएको हो । समितिले अभिकर्ताहरुको तालिम तथा वैदेशिक [&hellip;]</p>

चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति

काठमाडौं । बीमा कम्पनीका अभिकर्ताहरुको विदेश भ्रमणमा रोक लागेको छ । बीमा समितिले अर्काे व्यवस्था नभएसम्मका लागि अभिकर्ताहरुलाई विदेश भ्रमणमा नलैजान बीमा कम्पनीरुलाई निर्देशन दिएको हो । समितिले पुस १० गते जीवन बीमा कम्पनीहरु र ११ गते निर्जिवन बीमा कम्पनीहरुलाई परिपत्र गर्दै अभिकर्ताहरुको विदेश भ्रमण रोक्न निर्देशन दिएको हो ।

समितिले अभिकर्ताहरुको तालिम तथा वैदेशिक भ्रमणका के कस्ता कार्यक्रम सञ्चालन गरिएका छन त्यसको विवरण उपलब्ध गराउन समेत कम्पनीहरुलाई निर्देशन दिएको हो । ‘कम्पनीका अभिकर्ताहरुको तालिम तथा वैदेशिक भ्रमण सम्बन्धमा तहाँबाट के कस्ता कार्यक्रमहरु आयोजना गरिएको छ सो को विस्तृत विवरण उपलब्ध गराईदिनु हुन तथा अर्काे व्यवस्था नभएसम्म अभिकर्ताहरुको वैदेशिक भ्रमण तथा तालिम कार्यक्रम समितिको स्विकृति लिएर मात्र सञ्चालन गर्नुहुन निर्दशानुसार अनुरोध छ ।’, समितिले जारी गरेको परिपत्रमा लेखिएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले अभिकर्ताहरुको तालिमका नाममा मोटो रकम विदेशिएको र कम्पनीको संस्थागत सुशासनमै प्रश्न समेत उठेपछि नयाँ व्यवस्था गरिएको बताए । ‘संस्थागत सुशासन निर्देशिकाबाट कम्पनीका सिइओ र सञ्चालकलाई विदेश भ्रमण अघि समितिको स्विकृति अनिवार्य गरेका थियौं, अभिकर्तालाई तालिम र भ्रमणका नाममा विदेश लैजाने कुरामा पनि समस्या देखेपछि कडाई गरेका हौं’, अध्यक्ष चापागाईँले भने ।
उनले नेपालका जुन सुकै ठाउँमा लगेर पनि अभिकर्ताहरुलाई तालिम दिन भने सकिने स्पष्ट पारेका छन् । ‘सगरमाथा आधार सिविर वा रारा तालको किनारामा लैजानुस, देश भित्र जहाँ लगेपनि हुन्छ तर विदेश लैजान दिन्नौं भनेका हौं, तालिम रोकेका छैनौं’, अध्यक्ष चापागाईँले भने ।
उनले मुलुकको ब्यालेन्स अफ पेमेन्टमा समेत समस्या आउन थालेको र आन्तरिक पर्यटन प्रवद्र्धनलाई समेत टेवा पुग्ने देखेर यस्तो निर्णय लिएको दावी गरे । बीमा कम्पनीहरुको संस्थगत सुशासनलाई समेत ध्यान दिएर नयाँ व्यवस्था अघि सारेको उनको भनाई छ ।

नयाँ व्यवस्थाले अभिकर्ताहरुको क्षमता अभिवृद्धि तथा बीमा कम्पनीहरुको व्यवसाय बढाउन कुनै असर नगर्ने उनले स्पष्ट पारे । ‘२ बर्षमा बीमाको पहुँच ७ बाट १४ प्रतिशत पुगेको छ, यसलाई अझै बढाउने योजना छ, देशभित्रै तालिम र भ्रमणहरुको आयोजना गर्दा बीमाको चेतना बढाउन पनि सहयोग नै पुग्छ’, अध्यक्ष चापागाईँले भने । हाल दर्जनौं बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई तालिम तथा वैदेशिक भ्रमणको तयारी गराईरहेको जानकारी आएको र सबैलाई रद्ध गर्न निर्देशन दिएको जानकारी पनि उनले दिए ।

Share News