काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । प्राधिकरणमा झाको नियुक्तीलाई लिएर सत्तारुढ नेकपा भित्र विवाद उत्पन्न भएपछि झाले राजीनामा दिएका हुन् । झाले बुधबार सञ्चार मन्त्री गोँकुल बास्कोटालाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बुझाउनु अघि झाले राजधानीमा पत्रकार सम्मेलन गरेर आफु पदका लागि मरिहत्ते गर्ने व्यक्ति नभएको बताएका थिएए ।
उनले युटिएल, सिजी, नेपाल स्याटेलाइट र स्मार्ट टेलिकमको लाइसेन्स खारेजी प्रक्रिया अघि बढेको जानकारी समेत दिएका थिए ।
तत्कालिन शेर बहादुर देउवा सरकारले दोश्रो कार्यकालका लागि झालाई नियुक्ती गरेको थियो । तर केपी ओली प्रधानमन्त्री बने लगत्तै त्यस्ता नियुक्ती बदर गर्ने निर्णय भएको थियो ।
ओली सरकारका विरुद्ध अदालत गएर अन्तरिम आदेश ल्याएका झाले सरकारसँग नजुध्ने भन्दै राजीनामा गरेका थिए । सञ्चार मन्त्रालयले गठन गरेको छनौट समितिमा पहिलो नम्बरमा सिफारिस भएर झाले प्राधिकरणको नेतृत्व पुनः प्राप्त गरेका थिए । तर झाको नियुक्तीमा ठुलो आर्थिक चलखेल भएको भन्दै नेकपाभित्रै चर्काे आलोचना भएको थियो ।