कर्मचारी सञ्चय कोषमा ३ खर्ब बचत, २ अर्ब १७ अर्ब कर्जा लगानी, सेयरमा १० कराेड नोक्सान

<p>&nbsp; काठमाडौं । सबैभन्दा बढी बचत परिचालन गर्ने कर्मचारी सञ्चय कोषमा ३ खर्ब १ अर्ब बचत संचित भएको छ । कोषमा सञ्चयकर्ताको बचत २ खर्ब ८७ अर्ब रुपैयाँ भएको छ । जगेडा कोषमा १ खर्ब ९ अर्ब रुपैयाँ बचत भएको छ । अन्य दाहित्व करिब ४ अर्ब रुपैयाँ भएको कोषले जनाएको छ । बचत परिचालन [&hellip;]</p>

 

काठमाडौं । सबैभन्दा बढी बचत परिचालन गर्ने कर्मचारी सञ्चय कोषमा ३ खर्ब १ अर्ब बचत संचित भएको छ । कोषमा सञ्चयकर्ताको बचत २ खर्ब ८७ अर्ब रुपैयाँ भएको छ । जगेडा कोषमा १ खर्ब ९ अर्ब रुपैयाँ बचत भएको छ । अन्य दाहित्व करिब ४ अर्ब रुपैयाँ भएको कोषले जनाएको छ ।

बचत परिचालन मात्र होइन, कर्जा लगानीमा पनि कोष नेपालको सबैभन्दा ठूलो वित्तीय संस्थाको रुपमा देखिएको छ । सञ्चय कोषले असोज मसान्तसम्ममा २ खर्ब १७ अर्ब कर्जा लगानी गरेको छ । संचयकर्तालाई मात्र १ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको कोषले विभिन्न परियोजना ४७ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कोषले मुद्दतीमा ५५ अर्ब २० करोड रुपैयाँ लगानी गरेको छ । सरकारी ऋणपत्र तथा बचत पत्रमा १४ अर्ब ४६ करोड लगानी गरेको छ ।
संचय कोषले सेयर बजारमा भने तीन महिनामा १० करोड रुपैयाँ गुमाएको छ । कोषले सेयरमा गरेको लगानीको भ्यालु असार मसान्तसम्ममा ५ अर्ब ४८ करोड रुपैयाँ भएकोमा असोज मसान्तसम्ममा ५ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ ।

Share News