सुरेन्द्र पाण्डेले भनेः सरकारले सेयर बजारका लगानीकर्ताको संरक्षण गर्नुपर्छ

<p>काठमाडौं । ‘सन २००८ को महामन्दी ताका जर्मनीमा बैंकहरुमा सर्वसाधारण पैसा लिन लाइन लागेका थिए, सरकारले संकट निम्तिने देखेपछि बैंकहरुले पैसा नदिए आफुले दिने घोेषणा गरिदियो, त्यो घोषणाकै कारण संकट समाधान भयो, अहिले नेपाली सेयर बजारमा संकट आएको छ, सरकारले पनि त्यस्तै केहि उपाय ल्याउनु पर्छ’, यो भनाई कुनै लगानीकर्ताको नभएर पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको [&hellip;]</p>

काठमाडौं । ‘सन २००८ को महामन्दी ताका जर्मनीमा बैंकहरुमा सर्वसाधारण पैसा लिन लाइन लागेका थिए, सरकारले संकट निम्तिने देखेपछि बैंकहरुले पैसा नदिए आफुले दिने घोेषणा गरिदियो, त्यो घोषणाकै कारण संकट समाधान भयो, अहिले नेपाली सेयर बजारमा संकट आएको छ, सरकारले पनि त्यस्तै केहि उपाय ल्याउनु पर्छ’, यो भनाई कुनै लगानीकर्ताको नभएर पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको हो ।

संसदको अर्थ समिति बैठकमा पूर्व अर्थमन्त्री पाण्डेले सेयर कर्जा हाउजिङ कर्जा जस्तो असुरक्षित नहुने भएकाले त्यसको सिमा ६० प्रतिशत पुर्याउँदा पनि फरक नपर्ने बताइँरहदा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले टाउको हल्लाएका थिए । हाल केन्द्रिय बैंकले सेयर कर्जाको मार्जिन लेण्डिङ ५० प्रतिशतमा सिमित गरेको छ ।  सेयर बजारमा सरकारले सकारात्मक हस्तक्षेप गर्नुपर्ने धारणा पाण्डेले राखेका थिए ।

छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदर वृद्धि हुँदा सेयर बजार ओरालो लागेको बताएका थिए । उनले नागरिकले बैंकमा निक्षेप राख्ने र सेयरमा लगानी गर्ने विकल्पमध्ये एउटा छान्नुपर्ने अवस्था रहेकाले अहिलेका लागि सेयर होल्ड गर्नुपर्ने सुझाव समेत दिए ।
पुर्व अर्थमन्त्री डा. बाबुराम भट््टराईले भैँसी देखि जोगी तर्सने र जोगीदेखि भैँसी तर्सने अवस्था सृजना भएको धारणा राखे । उनले त्यस्तो अवस्थाको तत्काल अन्त्य आवश्यक रहेको पनि बताए ।

Share News