अर्थमन्त्रीको राजीनामाको मागमा पुँजीबजार लगानीकर्ता संघको असहमति, अन्य मागप्रति ऐक्यवद्धता

<p>काठमाडौं । पुँजीबजारको विकास र सुधारका लागि अर्थमन्त्री युवराज खतिवडाले लिएको नीति बाधक भएको भन्दै अर्थमन्त्रीको राजीनामा मागप्रति नेपाल पुँजीबजार संघले असहमति जनाएकाे छ । संघको सोमबार राती बसेको बैठकले अन्य कागहरुमा भने ऐक्यबद्धता जनाउने निर्णय गरेको संघद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । लगानीकर्ताकाे एक समूहले पूँजीबजारकाे सुधारका लागि शेयर कर्जाकाे मार्जिन  ८० प्रतिशत पुर्याउनुपर्ने, [&hellip;]</p>

काठमाडौं । पुँजीबजारको विकास र सुधारका लागि अर्थमन्त्री युवराज खतिवडाले लिएको नीति बाधक भएको भन्दै अर्थमन्त्रीको राजीनामा मागप्रति नेपाल पुँजीबजार संघले असहमति जनाएकाे छ । संघको सोमबार राती बसेको बैठकले अन्य कागहरुमा भने ऐक्यबद्धता जनाउने निर्णय गरेको संघद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

लगानीकर्ताकाे एक समूहले पूँजीबजारकाे सुधारका लागि शेयर कर्जाकाे मार्जिन  ८० प्रतिशत पुर्याउनुपर्ने, ब्राेकरमार्फत मार्जिन लेन्डिङकाे सुविधा उपलब्ध गराउनुपर्ने, एनअारएनका लागि पुँजीबजारमा लगानी  लगायतका १० बुँदे माग गर्दै अाइतबारदेखि रिले अनसनमा बस्दै अाएका छन् ।

Share News