वित्तीय क्षेत्रकाे समस्या समाधान गर्ने समितिमा दुर्इ लगानीकर्ता संघकाे प्रतिनिधित्व

<p>काठमाडौं । मुद्रा बजार र पुँजी बजारको विषयमा अध्ययन गर्न गत साता गठन गरिएको उच्चस्तरीय अध्ययन समितिमा सरकारले लगानीकर्तासम्बद्ध दुर्इ संघका प्रतिनिधिलार्इ समावेश गरेकाे छ ।  नेपाल इन्भेष्टर्स फोरम र पुँजीबजार लगानीकर्ता संघका प्रतिनिधिलाई  उक्त समितिमा राखेको हाे । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष, अर्थमन्त्रालयका [&hellip;]</p>

काठमाडौं । मुद्रा बजार र पुँजी बजारको विषयमा अध्ययन गर्न गत साता गठन गरिएको उच्चस्तरीय अध्ययन समितिमा सरकारले लगानीकर्तासम्बद्ध दुर्इ संघका प्रतिनिधिलार्इ समावेश गरेकाे छ ।  नेपाल इन्भेष्टर्स फोरम र पुँजीबजार लगानीकर्ता संघका प्रतिनिधिलाई  उक्त समितिमा राखेको हाे ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष, अर्थमन्त्रालयका सहसचिव, बैंकर्स संघका अध्यक्ष, दुर्इ लगानीकर्ताको प्रतिनिधि रहने एक अध्ययन समिति गठन गरेका थिए । उक्त समितिमा लगानीकर्ताको तर्फबाट फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल र पुँजीबजार लगानीकर्ता संघका तर्फबाट अध्यक्ष राधा पाेखरेलले प्रतिनिधित्व गर्ने भएका छन् ।

उक्त समितिमा लगानीकर्ताको प्रतिनिधि कसरी छनौट गर्ने भन्ने विवाद थियो । हाल अम्बिका प्रसाद पौडेल अध्यक्ष भएको नेपाल इन्भेष्टर फोरम, उत्तम अर्याल अध्यक्ष भएको सेयर लगानीकर्ता संघ, राधा पोखरेल अध्यक्ष भएको पुँजी बजार लगानीकर्ता संघ दर्ता भईका संस्था सक्रिय छन् । साथै दर्ता नभएको तर संगठित रुपमा दवाव समूहको रुपमा काम गर्ने अन्य समूह पनि सक्रिय रहेका छन् ।

सरकारले दुर्इ लगानीकर्ता संघकाे प्रतिनिधित्व सुनिश्चित गरे पनि अाफुहरुलार्इ वास्ता नगरेपछि शेयर लगानीकर्ता संघ सरकारसँग असन्तुष्ट भएकाे छ। सेयर लगानीकर्ता संघको उपाध्यक्ष ताराप्रसाद फुल्लेलले सरकारी निर्णयको आलोचना गरे । ‘कानुनी रुपमा सक्रिय सबै संस्थाको प्रतिनिधि रहेको समितिले मात्र समस्यामा समाधान गर्न सक्छ । उक्त समितिमा हाम्रो पनि प्रतिनिधित्व हुनुपर्छ’ फुल्लेलले भने ।

Share News