राजश्व छल्ने ४२ व्यवसायी विरुद्ध ५ अर्ब ७७ करोड दावीसहित अदालतमा मुद्दा

<p>काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने ४२ फर्महरुका विरुद्ध ५ अर्ब ७७ करोड विगो दावीसहित अदालतमा मुद्दा दायर गरेको छ । विभागले विगत ७ माहिनाको अवधीमा विभिन्न ४२ वटा फर्महरुका विरुद्ध ५ अर्ब ७७ करोड १७ लाख ६ हजार १ सय २६ रुपैंयाँ ४० पैसा विगो दावीसहित विभिन्न अदालतहरुमा मुद्दा दायर गरेको विभागका [&hellip;]</p>

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने ४२ फर्महरुका विरुद्ध ५ अर्ब ७७ करोड विगो दावीसहित अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले विगत ७ माहिनाको अवधीमा विभिन्न ४२ वटा फर्महरुका विरुद्ध ५ अर्ब ७७ करोड १७ लाख ६ हजार १ सय २६ रुपैंयाँ ४० पैसा विगो दावीसहित विभिन्न अदालतहरुमा मुद्दा दायर गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

 राजश्व चुहावटकाे मुद्दामा काे काे परे ?

मैनालीले विभागको जिम्मेवारी सम्हालेपछि सो मात्रामा विगो दावीसहित मुद्दा दायर गरिएको हो । मैनालीले जेठ ७ गते राजश्व अनुसन्धान विभागको जिम्मेवारी सम्हालेका थिए । विभागले ४२ वटा फर्मसँग ३ अर्ब २७ करोड ५२ लाख ४६ हजार ६ सय ८३ रुपैंयाँ ४० पैसा धरौटी माग गरेको छ ।

ती फर्महरुले २२ करोड ५७ लाख ९८ हजार १ सय ३९ रुपैंयाँ धरौटी बुझाएका छन् । उनीहरु विरुद्ध ३ बर्षसम्म कैद सजाय माग गरिएको छ ।  प्रधानमन्त्री केपी ओलीले राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछि विभागले आफ्नो काममा तिब्रता दिएको थियो । ७ महिना नपुग्दै विभागले ४२ व्यवसायी विरुद्ध राजश्व अनुसन्धानको मुद्दा हालेको हो । अख्तियार दुरुपयोग अनुसन्धानको प्रवक्ता रहेका मैनालीले विभागको नेतृत्व सम्हालेपछि विभागको सक्रियता बढेको हो ।

Share News