
काठमाडौं । कर्मचारी समायोजन अध्यादेश मंगलबारबाट औपचारिक रुपमा लागू हुने भएको छ । सरकारले ल्याएको उक्त ऐनसम्बन्धी अध्यादेशलाई राष्ट्रपतिले प्रमाणीकरण गरी सोमबार राजपत्रमा प्रकाशित भएपछि मंगलबारदेखि औपचारिक रुपमा लागू हुने भएको हाे । यो सँगै देशभरका ८० हजारभन्दा बढी निजामती कर्मचारीको सरुवा बढुवा रोकिएको छ ।
अध्यादेश लागू भएको २१ दिनभित्र कर्मचारीको समायोजन भइसक्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । उक्त एेनमा विभिन्न तहमा समायाेजन प्रयाेजनका लागि कर्मचारीहरुबाट माग गर्ने र ताेकिएकाे
प्राथमिकताक्रमअनुसार चाहेका स्थानहरुमा जान सक्ने व्यवस्था छ । अध्यादेशले कार्यपदकाे जेष्ठता, कार्यरत पद भन्दा तल्लाे श्रेणी वा तहकाे पदकाे जेष्ठता, कर्मचारी हाल कार्यरत रहेकाे प्रदेश वा स्थानीय तह, हालकाे स्थायी वसाेबासकाे ठेगाना, नागरिकता प्रमाणपत्रमा उल्लेखित ठेगाना र उमेरकाे जेष्ठतालार्इ क्रमश: प्राथमिकताक्रमकाे अाधार बनाएकाे छ ।