प्रहरीकै गाडीमा टाँसियो निर्मलाको न्यायको स्टिकर

<p>काठमाडौं। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि पोस्टर ठाउँठाउँमा टाल्ने अभियान चलिरहँदा आज पनि विभिन्न ठाउँमा पोस्टर टालिएको छ। आज युवाहरुले मुख्यत प्रदर्शनीमार्गमा ‘सरकार भेटियो न्याय भेटिएन’ नारा लेखिएका पोष्टर टाँस्ने तथा प्रदर्शन गर्ने कार्य गरेका छन्। युवाहरुको जमात जम्मा भएको प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरीको पनि उपस्थिती थियो। पोष्टरिङ [&hellip;]</p>

काठमाडौं। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि पोस्टर ठाउँठाउँमा टाल्ने अभियान चलिरहँदा आज पनि विभिन्न ठाउँमा पोस्टर टालिएको छ। आज युवाहरुले मुख्यत प्रदर्शनीमार्गमा ‘सरकार भेटियो न्याय भेटिएन’ नारा लेखिएका पोष्टर टाँस्ने तथा प्रदर्शन गर्ने कार्य गरेका छन्।

युवाहरुको जमात जम्मा भएको प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरीको पनि उपस्थिती थियो। पोष्टरिङ तथा प्रदर्शन गरिएका युवालाई स्र्कटिङ गर्न प्रहरीले गाडिबाट ओलिएपछि प्रदर्शनकारीले प्रहरीकै भ्यानमा पोष्टर टाँसेका थिए।

पोस्टर ठाउँठाउँमा टाल्ने अभियानमा हिजोमात्र युवाहरुले उपत्यकाबाट बाहिर छूटने प्रत्येक गाडीमा उक्त न्यायको स्टिकर टाँसेका थिए।

Share News