
काठमाडौं । पाँचौं सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स मंसिर १० गतेदेखि काठमाडाैंमा शुरू हुने भएको छ । ६ दिन हुने उक्त प्रतियोगिताको सम्पूर्ण खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ ।
बैंकले बिहीवार एक पत्रकार सम्मेलन गरी उक्त जानकारी दिइएको थियो । प्रतियोगितामा २४ कर्पाेरेट हाउस सहभागी हुनेछन्। उक्त टिमलाई ८ समुहमा विभाजन गरी उत्कृष्ट दुई टिम दुई क्वाटर फाइनलमा प्रवेश गर्नेछ । यसैबीच, प्रतियोगिताको ट्रफि, जर्सि र टाइसिट पनि सार्वजनिक गरेको थियो ।
उक्त सम्मेलनमा आयोजक एसएस इभेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन सिवाकोटी र बैंकका प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईका साथै बजार प्रमुख अधिकृत रन्जन खड्काको उपस्थिती रहेको थियो ।