लक्ष्मी लघुवित्तले २६ प्रतिशत नगद लाभांश दिने, मंसिर १९ गतेदेखि बुक क्लाेज

<p>काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले सेयरधनीलाई असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको कर समेत सो मात्रा अर्थात ६ करोड ३६ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको [&hellip;]</p>

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले सेयरधनीलाई असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको कर समेत सो मात्रा अर्थात ६ करोड ३६ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

संस्थाको वार्षिक साधारणसभा आगामी पुस १ गते बस्दै छ । सो प्रयोजनको लागि मंसिर १९ गतेदेखि पुस १ गतेसम्म संस्थाको बुक क्लोज रहने छ ।

हाल संस्थाको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ ।

Share News