जोशी हाइड्रोपावरको १७ करोड साधारण सेयर आवेदन खुला, ११ वर्षमा लगानी उठ्ने प्रक्षेपण

<p>काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्बसाधारणको लागि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बरारबको सेयर निष्काशन गरेको छ । उक्त सेयरको लागि मंसिर १६ गतेबाट आवदेन खुला गरिएको छ । छिटोमा मंसिर १९ गते र ढिलोमा पुस १६ गते बन्द हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । यस [&hellip;]</p>

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्बसाधारणको लागि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बरारबको सेयर निष्काशन गरेको छ । उक्त सेयरको लागि मंसिर १६ गतेबाट आवदेन खुला गरिएको छ ।

छिटोमा मंसिर १९ गते र ढिलोमा पुस १६ गते बन्द हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । यस कम्पनीको सेयर कम्तिमा ५० कित्ता र बढीमा ८ लाख कित्ता किन्न सकिने छ ।

चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले सर्वसाधारणको लागि ४९ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको लागि १४ करोड ४८ लाख ४६ हजार र स्थानीयबासीको लागि ३ करोड ७१ लाख ४० हजारको सेयर निष्काशन गर्ने योजना बनाएका थियो ।

तर स्थानीयबासीका लागि ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको सेयर निष्काशन गरेकोमा १ करोड २९ लाख ३९ हजार रुपैयाँको मात्र आवेदन परेको छ । स्थानीयलाई छुट्याएको मध्ये २ करोड ४२ लाख १ हजार रुपैयाँको सेयर आवेदन परेन ।

स्थानीय तहबाट सेयर आवेदन नपरेपछि बाँकी सेयर पनि सर्ब साधारणको लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । अहिले गरिएको लगानी ११ वर्षभित्र उठ्ने कम्पनीको प्रक्षेपण छ ।

आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रुपैयाँ हुने र प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको मुख्य लगानीकर्तामा गंगाप्रसाद जोशी, विरेन्द्रबहादुर न्यौपाने, माधव कार्की, रुकमणि राजभण्डारी, शशी कार्की, शिवरतन शारदा, रञ्जना दाहाल रहेका छन् ।

Share News