चितवन प्रहरीको सक्रियताः जवरजस्ती करणी गर्ने १९ जना भारतबाट पक्राउ

<p>चितवन। चितवनमा चालु आर्थिक वर्षमा १५ वटा जवरजस्ती करणीका मुद्धाहरु दर्ता भएका छन् । चालु आर्थिक वर्षमा जिल्लामा भएका १५ वटा जवरजस्ती करणीका मुद्धामा फरार रहेका सबै १९ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले मंगलवार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस्तै, चितवन प्रहरीले जवरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई भारतबाट पक्राउ [&hellip;]</p>

चितवन। चितवनमा चालु आर्थिक वर्षमा १५ वटा जवरजस्ती करणीका मुद्धाहरु दर्ता भएका छन् । चालु आर्थिक वर्षमा जिल्लामा भएका १५ वटा जवरजस्ती करणीका मुद्धामा फरार रहेका सबै १९ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले मंगलवार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यस्तै, चितवन प्रहरीले जवरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई भारतबाट पक्राउ गर्न सफल भएको छ । गएको कार्त्तिक २४ गते बेलुकी अन्दाजी साँढे ७ बजेको समयमा पश्चिम् चितवनकी एक १२ वर्षिया बालिकालार्इ जवरजस्ती करणी गरेको आरोपमा भरतपुर महानगरपालिका वर्डा नम्बर १३ बस्ने वर्ष २७ को राजन बि.कलाई प्रहरीले भारतबाट पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार अनुसन्धान र खोजतलासका क्रममा बि.क भारतको गुणगाउँस्थित एक घर भित्र लुकिछिपी बसिरहेको भन्ने जानकारी प्राप्त भएपश्चात चितवनबाट प्रहरी निरीक्षक गणेश पौडेलको कमान्डमा खटिएको प्रहरीको टोलीले घट्ना घटेको ६ दिनपछि उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार निज प्रतिवादीले मोटरसाइकलमा राखेर एकान्त सुनसान ठाउँमा लगी जवरजस्ती करणी गरेको भन्ने जाहेरी परेपछि उनी माथि प्रहरीले खोजी कार्यलाइ तीव्रता दिएको थियो । पक्राउ परेका अभियुक्तलाई सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मुलुकी अपराध (संहिता) २०७४ परिच्छेद (१८ दफा २१९ को उपदफा ३ (ख) अनुसार १० वा १० वर्ष भन्दा माथि १४ वर्ष भन्दा कम उमेरकी बालिकालाई जवरजस्ती करणी गरेमा १४ वर्ष देखि १६ बर्ष सम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

Share News