जापान सरकारद्धारा साढे ३५ करोड अनुदान, नेपालको आर्थिक विकासमा निरन्तर सहयोगकाे प्रतिवद्धता

<p>काठमाडौं । जापान सरकारले नेपाललाई ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । खाद्य सहायता कार्यक्रमअन्तर्गत अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षरको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली [&hellip;]</p>

काठमाडौं । जापान सरकारले नेपाललाई ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । खाद्य सहायता कार्यक्रमअन्तर्गत अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षरको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी तारो कोनोबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मन्त्रीद्वयको उपस्थितिमा दुवै मुलुकका राजदूतले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालमा खाद्य सुरक्षा सुनिश्चित गर्न जापान सरकारले उक्त सहायता उपलब्ध गराएको हो । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएता पनि नेपालको सामाजिक, आर्थिक एवं भौतिक पूर्वाधार विकासमा जापानले निरन्तर सहयोग गर्ने जनाएको छ । रासस

Share News