कृषि विकास बैंकले २५५० कर्मचारीको स्वास्थ्यबीमा गरिदिने

<p>काठमाडौं । कृषि विकास बैंक लिमिटेडले देशभर रहेका आफ्ना कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिने भएको छ । सो कार्यक्रमका लागि इच्छुक बीमा कम्पनीहरुले उक्त स्वास्थ्य बीमा कार्यक्रमका लागि प्रस्ताव पेश गर्न बैंकले बीमा कम्पनीहरुलाई आह्वान समेत गरेको छ । उक्त सामूहिक स्वास्थ्य बीमा कार्यक्रमका लागि बैंकले प्रति कर्मचारी भ्याटबाहेक ६५० रुपैंया खर्च गर्नेछ [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले देशभर रहेका आफ्ना कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिने भएको छ । सो कार्यक्रमका लागि इच्छुक बीमा कम्पनीहरुले उक्त स्वास्थ्य बीमा कार्यक्रमका लागि प्रस्ताव पेश गर्न बैंकले बीमा कम्पनीहरुलाई आह्वान समेत गरेको छ ।

उक्त सामूहिक स्वास्थ्य बीमा कार्यक्रमका लागि बैंकले प्रति कर्मचारी भ्याटबाहेक ६५० रुपैंया खर्च गर्नेछ । त्यसबाट प्रत्येक कर्मचारीले बार्षिक ७५ हजार रुपैंया बराबरको स्वास्थ्यबीमा सुविधा प्राप्त गर्न सक्नेछन् । स्वास्थ्यबीमासम्बन्धी थप सेवा सुविधा एवं शर्तहरु प्रस्तावित बीमा कम्पनी र बैंकबीचको सहमतिमा तय हुने र अधिकतम लाभ पाउनेगरी प्रस्ताव गर्ने बीमा कम्पनीको प्रस्तावलाई प्राथमिकता दिने बैंकले जनाएको छ ।

उक्त बोलकबोल मंसिर ६ गते खुल्नेछ ।

Share News