काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको आगामी कात्तिक २० गते बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जानको लागि उक्त एक दिन सेयर खरिद बिक्री गर्ने कार्य बन्द गर्न लागेको हो ।
यस कम्पनी आगामी कात्तिक २५ गते १५औं वार्षिक साधारणसभामा जाँदै छ । सभा उक्त दिन बिहान ११ बजे काठमाडौंको अनामनगरमा रहेको युनियन हाउसमा बस्दै छ ।
सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सम्बन्धि छलफर गरी पारित गर्ने भएको छ । साथै, सञ्चालक समितिको निर्वाचन गर्ने कम्पनीले जनाएको छ ।