विद्युत प्राधिकरण र फेदीखोलाबीच पीपीए, ४ वर्षमा बिजुली उत्पादन हुने

<p>काठमाडौं । नेपाल विधुत् प्राधिकरण र फेदीखोला हाइड्रोपावर कम्पनीबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । कम्पनीले ३.५ मेगावाटको फेदी (थुम्लुङ) खोला जलविद्यबाट उत्पादन गरेको बिजुली खरिद गर्ने छ । विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिह र कम्पनीका अध्यक्ष चन्द्रप्रसाद वाँस्तोलाले पीपीएमा हस्ताक्षर गरेका छन् । कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिचो गा।पा।मा निर्माण गर्ने यो आयोजनाबाट [&hellip;]</p>

काठमाडौं । नेपाल विधुत् प्राधिकरण र फेदीखोला हाइड्रोपावर कम्पनीबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । कम्पनीले ३.५ मेगावाटको फेदी (थुम्लुङ) खोला जलविद्यबाट उत्पादन गरेको बिजुली खरिद गर्ने छ । विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिह र कम्पनीका अध्यक्ष चन्द्रप्रसाद वाँस्तोलाले पीपीएमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिचो गा।पा।मा निर्माण गर्ने यो आयोजनाबाट उत्पादित विधुत अपर ईर्खुवा खोला जलविद्युत् आयोजना १४.५ मेगावाटको स्वीचयार्डसम्म ३३ केभी प्रसारणलाईन र त्यसपछि १३२ केभी प्रसारणलाइन मार्फत संखुवासभाको सितलपाटीमा बन्ने २२० केभी सवस्टेशनमा जोडिने कम्पनीले जनाएको छ ।

आयोजनाले २०७९ फाल्गुन ३० गतेबाट व्यापारीक विधुत् उत्पादन गर्ने कम्पनीका सञ्चालक प्रकाश दुलालले जानकारी दिए । आयोजना बनाउन ६५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Share News