
काठमाडौं । सेयर बजार घटेका बेला एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । साताको अन्तिम दिन सेयर बजार ३ अंकले घटेर नेप्से परिसुचक १ हजार २२७ अंकमा झरेको छ ।
एनएमबीको प्रतिकित्ता ३५० मा ३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एनएमबीको सेयर सस्तो भएकाले लगानीकर्ताले खरिद गरेको ब्रोकरहरुको भनाई छ ।
चुक्ता पुँजी ८ अर्ब ७४ कराेड रूपैयाँ रहेकाे यस बैंककाे जगेडा काेषमा ९ अर्ब ३७ कराेड रूपैयाँ छ । बैंककाे इपीएस २८ रूपैयाँ छ भने पीइ रेसियाे १२ रूपैयाँ छ ।
एनएबी पछि माछापुच्छे बैंकको सेयर कारोबार भएको छ । प्रतिकित्ता २२२ रुपैयाँमा २ करोड २८ लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार व्यापार, वित्त र जीवन बीमा कम्पनीको सेयर मूल्य बढेको छ भने बैंक, होटल, जलविद्युत, निर्जिवन बीमा र लघुवित्त समूहको घटेको छ । बजार घटेपनि नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ ।