कार किन्न सस्तो कर्जा चाहियो ? जानुस राष्ट्रिय वाणिज्य बैंक, ९ प्रतिशत ब्याजमा पाइन्छ

<p>काठमाडौं । नयाँ कार किन्ने तयारीमा हुनुहुन्छ ? बैंकको ब्याजदर महंगो भएर कार किन्न सक्नु भएको छैन ? अब चिन्ता लिनु पर्दैन, सस्तो ब्याजमा कार किन्न कर्जा पाइने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले तपाईको कार किन्ने योजनालाई साकार पार्ने भएको छ । बैंकले ९ प्रतिशत ब्याजमा कार किन्ने योजना ल्याएको छ । कुल रकमको [&hellip;]</p>

काठमाडौं । नयाँ कार किन्ने तयारीमा हुनुहुन्छ ? बैंकको ब्याजदर महंगो भएर कार किन्न सक्नु भएको छैन ? अब चिन्ता लिनु पर्दैन, सस्तो ब्याजमा कार किन्न कर्जा पाइने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले तपाईको कार किन्ने योजनालाई साकार पार्ने भएको छ । बैंकले ९ प्रतिशत ब्याजमा कार किन्ने योजना ल्याएको छ । कुल रकमको ६५ प्रतिशतसम्म अर्थात ५० लाख रुपैयाँसम्म बैंकले लगानी गरिदिने भएको छ । ऋणको अवधि ७ वर्ष हुने बैंकले जनाएको छ । प्रशोधन शुल्क ०.५ प्रतिशत मात्र रहेको छ ।

निवेदन दिएको ७ दिनभित्र कार किन्नका लागि निर्णय हुने बैंकले जनाएको छ । बैंकहरुले गाडीको ब्याजदर घटाएका छन् । एभरेष्ट बैंकले ९.९९ प्रतिशत र स्ट्याण्डर्ड चाटर्ड बैंकले ९.४९ प्रतिशत ब्याजमा कार दिने योजना ल्याएका छन् ।

Share News