७० करोडकाे जाली काराेबार उल्टियाे, किर्ते काम गर्ने ८ जना जेलमा, ६ जना कर्मचारी धराैटीमा रिहा

<p>काठमाडौं । भारतीय व्यापारी राम निरन्जन जटहियाले नेपालमा न्याय पाएका छन् । जटहियाको कम्पनी शंकर इलेक्ट्रोनिकको नाममा रहेको ७० करोड रुपैयाँ भन्दा बढीको जथाजेथा किर्ते गरी बिक्री हुनबाट जोगिएको छ । मुद्दामा संग्लग्न १४ जनामाथि काठमाडौं जिल्ला अदालतले ६ जनालाई धरौटीमा रिहा र ८ जनालाई थुनामा राख्न आदेश दिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयका उपसचिवद्धय [&hellip;]</p>

काठमाडौं । भारतीय व्यापारी राम निरन्जन जटहियाले नेपालमा न्याय पाएका छन् । जटहियाको कम्पनी शंकर इलेक्ट्रोनिकको नाममा रहेको ७० करोड रुपैयाँ भन्दा बढीको जथाजेथा किर्ते गरी बिक्री हुनबाट जोगिएको छ ।

मुद्दामा संग्लग्न १४ जनामाथि काठमाडौं जिल्ला अदालतले ६ जनालाई धरौटीमा रिहा र ८ जनालाई थुनामा राख्न आदेश दिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयका उपसचिवद्धय धर्मराज रोकाय र गंगाधर पौडेल सहित ६ जना कर्मचारीलाई ४ लाख ५० हजार धरौटीमा थुना मुक्त गरेको छ । अदालतले ८ जनालाई ५० हजार धरौटी सहित थुनामै राख्न आदेश दिएको हो ।

अदालतका न्यायधीश रमेश शर्माको एकल इजालासले सो आदेश दिएको हो । भारतीय व्यवसायी जटहियाको तर्फबाट सरकारी वकिल ठाकुर बस्ताकोटीले मुद्दा लडेका थिए । उनका अनुसार अब ८ जनामाथि ठगी तथा अपराध मुद्दा अनुसार प्रक्रिया अघि बढ्नेछ ।

यसैगरी घरौटीमा रिहा भएका ६ जना कर्मचारी विरुद्ध पनि अदालतले मुद्दा अघि बढाउने छ । जटहियाले केन्द्रिय अनुसन्धान ब्युरोमा गोप्य रुपमा उजुरी गरेका थिए । गत भदौ १७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा सीआईबीले छापा मारेको थियो । सोहि दिन ४ जना कर्मचारीलाई पक्राउ गरेको थियो भने २ जना उपसचिव फरार रहेका थिए । दुई जना उपसचिवले फैसला हुन भन्दा १ दिन अघि आत्मासर्मपण गरेको वकिल बस्ताकोटीले बताए ।

यस्तो थियो घटनाको श्रृङखला

कम्पनी रजिष्ट्रारको कार्यालयमा सीआईबीको छापा

किर्ते गरेर ७० करोडको सम्पत्ति खाने १२ जना पक्राउ, यस्तो आयो सीआर्इबीको रिपोर्ट (पूर्णपाठ)

७० करोड घोटाला काण्ड: १२ लाखको लोभमा यसरी फसे २ उपसचिव, २ अधिकृतसहित ६ कर्मचारी

बालुवाटार र सतुंङगलको १८ रोपनी घडेरी १० लाख आनामै बेच्ने १४ जना विरुद्ध मुद्दा दायर

 

Share News