वोमी माइक्रोफाइनान्सको दुई दिने लघुवित्त व्यवस्थापन तालिम सम्पन्न, २७ जना कर्मचारीहरु लाभान्वित

<p>काठमाडौं । भरतपुरको वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले दुई दिने &#8216;लघुवित्त कार्यक्रम प्रभावकारिता तथा व्यवस्थापन तालिम&#8217; सम्पन्न गरेको छ । उक्त तालिमबाट संस्थाका विभिन्न शाखा कार्यालयहरुमा कार्यरत २७ जना सहायकस्तरका कर्मचारीहरु लाभान्वित भएका छन् । तालिममा विभिन्न विभागिय प्रमुखहरु तथा अनुगमन अधिकृतहरुले लघुवित्त कार्यक्रमको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित विषयहरुमा प्रशिक्षण दिएका छन् । संस्थाले शाखा [&hellip;]</p>

काठमाडौं । भरतपुरको वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले दुई दिने ‘लघुवित्त कार्यक्रम प्रभावकारिता तथा व्यवस्थापन तालिम’ सम्पन्न गरेको छ । उक्त तालिमबाट संस्थाका विभिन्न शाखा कार्यालयहरुमा कार्यरत २७ जना सहायकस्तरका कर्मचारीहरु लाभान्वित भएका छन् ।

तालिममा विभिन्न विभागिय प्रमुखहरु तथा अनुगमन अधिकृतहरुले लघुवित्त कार्यक्रमको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित विषयहरुमा प्रशिक्षण दिएका छन् ।

संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षतामा निखारता ल्याउन समय सापेक्ष विभिन्न विधाका तालिमहरु प्रदान गर्दै आइरहेको छ । संस्थाको हाल सञ्चालित विभिन्न ३४ शाखाहरुबाट २६ हजार सदस्यमा उठाउन बाँकी लघु कर्जा १ अर्ब २९ करोड रुपैयाँ तथा बचत परिचालन ४७ करोड रुपैयाँ रहेको छ ।

Share News